२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन News Polar एलपी ग्यास अब डिलरमार्फतै किन्न संघको आग्रह News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’

आन्तरिक राजस्व दोब्बर पार्ने कार्ययोजना ल्याउन अर्थमन्त्रीको निर्देशन

आन्तरिक राजस्व दोब्बर पार्ने कार्ययोजना ल्याउन अर्थमन्त्रीको निर्देशन
अ अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना पेश गरी कार्यान्वयनमा गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । आन्तरिक राजस्व विभागसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले राजस्व सङ्कलनको अहिलेको अवस्थाबाट देश विकास सम्भव नरहेको भन्दै यसलाई दोब्बर बनाउने गरी नयाँ कार्ययोजना पेश गर्न भन्नुभएको हो ।

“चलिराछ, यस्तै चल्छ भन्ने कुरा मेरा लागि मान्य छैन । एकपटक राम्रोसँग सोच्नुहोस् राजस्व सङ्कलन बढाउन सकिने उपाय तपाईं आफैँ फेला पार्नुहुनेछ”, उहाँले भन्नुभयो, “त्यसका लागि तपाईंलाई के चाहिन्छ, जनशक्ति, प्रविधि, तालिम जे आवश्यक पर्छ त्यो उपलब्ध गराइन्छ । तर राजस्व दोब्बर बनाउने लक्ष्यका साथ काम गर्नै पर्दछ ।” 

उहाँले करदातालाई कानून लगाएर कर तिराउने नभई करदाता आफैँले कर तिरुँतिरुँ लाग्ने संस्कृति विकास गर्ने खालको योजना बनाउन मातहतका निकायलाई निर्देशन दिनुभयो । “करदाता आफैँ उत्साहित भएर कर तिर्ने हुनुपर्दछ । त्यस्तो वातावरण निर्माण गर्न मन्त्रालयकातर्फबाट केके गरिदिनुपर्ने हो त्यसको प्रस्ताव पनि तयार गर्नुहोस्”, मन्त्री शर्माले अगाडि भन्नुभयो, “हामी निरन्तरताको सुधारमा रमाएर बस्ने होइन कि गुणात्मक सुधारको खाँचो छ ।”

उहाँले समग्र राष्ट्रको सम्पत्ति लेखा जोखा गर्नुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो । “कति हो त हाम्रो देशको सम्पूर्ण मूल्याङ्कन ? यसको हिसाबकिताब खोई ? जनतासँग भएको सम्पत्ति केकति हो रु सरकारको स्वामित्वमा भएको सम्पत्ति के कति हो ? यसको हिसाबकिताब गर्ने योजना पनि चाहियो”, उहाँले भन्नुभयो ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले राजस्व भनेको देशकै प्राणरेखा भएको भन्दै राजस्व सङ्कलनको निर्धारित लक्ष्य हेरफेर हुने सम्भावना रहेको बताउनुभयो । राजस्व समूहका कर्मचारीले १०–५ को ड्युटी गरेर नपुग्ने भएकाले सोहीअनुसार थप जाँगर चलाएर काममा खटिन निर्देशन दिनुभयो । आन्तरिक राजस्व विभागअन्तर्गतका ८४ वटा कार्यालय सबैले राजस्व सङ्कलनमा देखिएका समस्याको एमआरआइ गर्नुपर्नेमा जोड दिँदै सचिव मरासिनीले समाधानका उपाय निकाल्न आग्रह गर्नुभयो । 

प्रविधिकामाध्यमबाट सबै राजस्व कार्यालयलाई यथाशक्य कागजरहित, अनुहाररहित र भौतिक सम्पर्करहित बनाउन निर्देशन दिनुभयो । विसं २०५४ देखि मूल्य अभिवृद्धि कर ९भ्याट० लगाएदेखि जिडिपीको नौ प्रतिशतको हाराहारीमा रहेको आन्तरिक राजस्व २२ प्रतिशतमा पुगेको तथ्याङ्क उल्लेख गर्दै उहाँले यसलाई व्यवस्थित गर्न विलिङ सिष्टममा एकीकृत गर्न आग्रह गर्नुभयो । 

देशका विभिन्न ठाउँमा रहेका ८४ वटा राजस्व कार्यालयमध्ये ३० वटाले मात्र तोकिएको लक्ष्य पूरा गरेको जानकारी दिँदै उहाँले सबै कार्यालयले लक्ष्यअनुसारको काम गर्न निर्देशन दिनुभयो । आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कुप्रसाद आचार्यले आर्थिक वर्ष २०७७/७८ को कूल राजस्वमा विभागले ४६ प्रतिशत योगदान गरेको जानकारी दिनुभयो । 

गत वर्ष कूल राजस्वमध्ये भन्सार विभागबाट ४५ प्रतिशत, गैरकर राजस्व सात प्रतिशत र अन्यबाट दुई प्रतिशत राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७७/७८ का लागि आन्तरिक राजस्व विभागलाई ४५० अर्बको लक्ष्य तोकिएकामा ४२९ अर्ब सङ्कलन भएको छ । चालू आर्थिक वर्षका लागि ५२२ अर्ब राजस्व सङ्कलनको लक्ष्य तोकिएको छ । 

यस्तै गत असारसम्म ४० लाख ६६ हजार १३१ ले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् भने दुई लाख ९० हजार ७१४ करदाता मूल्य अभिवृद्धि कर (भ्याट) मा आबद्ध छन् । व्यवसायी करको दायरामा औपचारिकरुपले आबद्ध रहेको भए पनि वार्षिक विवरण नबुझाउनेको सङ्ख्यामा वर्षेनी वृद्धि भइरहेको महानिर्देशक आचार्यले बताउनुभयो ।
 
कर कार्यालयमा दर्ता भई वार्षिक विवरण नबुझाउने आर्थिक वर्ष २०७४/७५ मा ३३.१८ प्रतिशत र आर्थिक वर्ष २०७५/७६ मा ३७.५३ प्रतिशत रहेकामा आर्थिक वर्ष २०७६/७७ मा सो सङ्ख्या बढेर ४२.९२ प्रतिशत पुगेको छ ।