२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन News Polar एलपी ग्यास अब डिलरमार्फतै किन्न संघको आग्रह News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’

राप्रपा अध्यक्ष थापाको कृति : ‘कर्णेल छत्रबहादुर थापा एकपटकको सैनिक जीवनभरको सैनिक’

राप्रपा अध्यक्ष थापाको कृति : ‘कर्णेल छत्रबहादुर थापा एकपटकको सैनिक जीवनभरको सैनिक’
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको कृति ‘कर्णेल छत्रबहादुर थापा एक पटकको सैनिक जीवनभरको सैनिक’ लोकार्पण गरिएको छ ।
 
प्रधानसेनापति पूर्णचन्द्र थापाले छत्रबहादुर थापा स्मृति ट्रष्टको वार्षिकोत्सवका असरमा आज यहाँ आयोजित समारोहमा उक्त कृतिको विमोचन गर्नुभएको हो । आफ्नो जीवनयात्राको आदर्श र  प्रेरणदायी व्यक्तित्व पिता छत्रको स्मरणमा थापाले प्रकाशित गर्नुभएको उक्त पुस्तकमा तत्कालीन नेपालको सामाजिक, सांस्कृतिक र राजनीतिक परिवेशको चित्रण गरिएको छ ।

कर्णेल थापाको विश्वयुद्धमा सहभागिता, राणा प्रधानमन्त्री मोहन शम्शेर र राजा महेन्द्रसँगको सामिप्य तथा पञ्चायतकालका अनुभव समेटिएको उक्त पुस्तक एक सैनिकको सङ्घर्षपूर्ण आरोह–अवरोहको कथाकारुपमा रहेको छ ।
 
सो अवसरमा प्रधानसेनापति थापाले एक अनुशासित एवं मर्यादित सैनिक व्यक्तिको जीवनशैली, आचरण तथा समाज र राष्ट्रपतिको योगदानलाई उजागर गर्न प्रकाशन गरिएको पुस्तकले राष्ट्रसेवको सामाजिक जीवन र दायित्वलाई पनि चित्रण गरेको बताउनुभयो ।
 
पुस्तकका स्रष्टा पूर्वउपप्रधानमन्त्री थापाले समकालीन नेपालको आर्थिक, सामाजिक र राजनीतिक पक्षसहित नेपाली सेनाको गौरवमय इतिहास तथा पिता छत्रबहादुरले समाज सुधारमा पु¥याउनुभएको योगदानसम्बन्धी विषयवस्तु समेटिएको जानकारी दिनुभयो ।

नेपाली सेनामा तीन दशक भन्दाबढी सेवा गर्नुभएका पुस्तका प्रमुख पात्र कर्णे छत्रबहादुरलाई तत्कालीन वडाहाकिमको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त भएको थियो । नेपाल रेडक्रस सोसाइटी मकवानपुरका संस्थापक एवं हेटाँैडा नगरपञ्चालयका उपप्रमुखसमेत रहनुभएका थापालको विसं २०३६ साउन २८ गते निधन भएको थियो ।

स्मृति ट्रष्टका अध्यक्ष एवं पूर्वरथी नेत्रबहादुर थापाले पिता छत्रबहादुरले अनुशासन परिधिमा रही कीर्तिमानी काम गर्न दिनुभएको प्रेरणाले सबै परिवारजनलाई अनुशासित र परिश्रमका लागि घचघच्याइरहको अनुभावका घटना सुनाउनुभयो ।
 
सो अवसरमा गभर्नर, राजदूत र मन्त्रीकोसमेत जिम्मेवारी सम्हाल्नुभएका परराष्ट्र मामिलाका जानकार डा भेषबहादुर थापालाई सम्मान गरियो । कार्यक्रममा ट्रष्टकातर्फबाट नेपाल रेडक्रस मकवानपुरका लागि यसअघि नै घोषणा गरिएको रु ५० हजार नगद र सम्मानपत्र अध्यक्ष सूर्यचन्द्र न्यौपानेलाई हस्तान्तरण गरियो । साङ्ग्रिला पुस्तक प्राली प्रकाशक रहेको पुस्तकको मूल्य रु ३५० छ ।