२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवाले पठाउनुभयो उजुरीको जवाफ



file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ पठाउनुभएको छ ।

देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा पत्नी एवं कांग्रेस नेतृ डा. आरजू राणा देउवामार्फत उजुरीको जवाफ पठाउनुभएको हो ।

उहाँले पठाउनुभएको जवाफ मङ्गलबार बिहान साढे ११ बजे कार्यालयमा दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ ।

देउवाले प्रमाणसहित जवाफ पठाउनुभएको छ । निर्वाचन आयोगले आज २ बजेसम्म जवाफ दर्ता गराउने समय तय गरेको थियो ।

देउवाका विपक्षी नेपाली कांग्रेस (बीपी)का उम्मेदवार कर्णबहादुर मल्लले सोमबार जन्ममिति फरक भएको भन्दै उजुरी दर्ता गराउनुभएको थियो ।