२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन News Polar एलपी ग्यास अब डिलरमार्फतै किन्न संघको आग्रह News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’

सीमामा सक्रियता बढाउँदै सशस्त्र प्रहरी

सीमामा सक्रियता बढाउँदै सशस्त्र प्रहरी
अ अ+ अ-

कञ्चनपुर । साढे चार वर्षअघि कञ्चनपुरको पुनर्वासस्थित नेपाल–भारत सीमा क्षेत्रका कल्भर्ट निर्माणको विषयले उग्ररूप लिँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर गोविन्द गौतमले शहादत प्राप्त गर्नुभयो ।

कल्भर्ट निर्माणका लागि भएको विवाद क्षेत्र न अहिलेसम्म समाधान भयो, न त भारतीय पक्षले गोली चलाएको विषय नै स्वीकार ग¥यो । मुलुकमा चर्चाको विषय बनेको उक्त घटनालगत्तै घटनास्थल छेउमै सशस्त्र प्रहरी बलले बिओपी स्थापना गरेर सीमा क्षेत्रको सुरक्षा र निगरानी भने बढाएको छ । सीमाको सुरक्षामा सशस्त्र प्रहरी बल तैनाथ गर्ने नीति लिएको १४ वर्षपछि सरकारले नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको उपस्थिति बाक्लो बनाएसँगै कञ्चनपुरमा पनि दु्रत गतिमा बिओपी थपिने क्रम छ ।

दुई वर्ष अघिसम्म कञ्चनपुरमा सशस्त्र प्रहरीको एउटा गण र बेलौरीतथार दोधारा चादँनीमा रहेका दुई वटा बिओपी सीमा सुरक्षामा तैनाथ थिए । बिहीबार मात्रै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ कञ्जभोजमा सशस्त्र प्रहरीको २० औँ बिओपी स्थापना भएको छ । कञ्चनपुरमा नेपाल–भारत १३० किलोमिटर क्षेत्र सीमा जोडिएको छ । उक्त क्षेत्रमा भारतका तीन वटा बटालियन छन् भने हरेक पाँच किलोमिटरको दूरीमा एसएसबी पोष्ट रहेका छन् ।

कोरोना कहर सुरु भएसँगै सरकारले पनि यहाँका सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति बाक्लो बनाउँदै लगेपछि सीमा क्षेत्रमा नागरिकले सुरक्षाको दरिलो अनुभूति गर्न पाएको सशस्त्र प्रहरी बल ३५ नं गण हेडक्वार्टरका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताउनुभयो । “अझै ब्रह्मदेव, दोधारा चाँदनी र पुनर्वासमा गरी चार वटा पोष्ट स्थापना गर्ने तयारीमा छौँ ।” उहाँले भन्नुभयो, “हाम्रो उपस्थिति बढेसँगै सीमा क्षेत्रमा शान्ति सुरक्षा, सीमा स्तम्भ र भूमि रक्षा, चोरी शिकारी नियन्त्रण, अवैध बाटोबाट हुने अवैध गतिविधि नियन्त्रण भएका छन् ।”

दोधारा चाँदनी क्षेत्रमा बिहीबार स्थापना भएको कञ्चभोजको पाँचौँ बिओपी हो । उक्त पोष्टको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक र नायब निरीक्षकले गरिरहेका छन् । “बीस वटा पोष्टमा नौ स्थानमा स्थायी संरचना बनिसकेका छन्”, सशस्त्र प्रहरी उपरीक्षक ऐरले भन्नुभयो, “अन्यमा अहिले अस्थायीरूपले निर्माण गरेर ड्यिुटी थालिएको छ ।”

उहाँले गत आर्थिक वर्षमा मात्रै चोरीशिकारी नियन्त्रण कार्यबाट रु चार करोड राजस्व सङ्कलन भएको बताउनुभयो । सीमा क्षेत्रबाट ५४ जना लागू पदार्थ तस्कर र अवैध बाटोबाट भारत जान लागेका २० बालबालिकालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । 

सीमामा सक्रियता बढाउँदै गएको सशस्त्र प्रहरीलाई भौतिक संरचना र पूर्वाधार विकासमा समेत राज्यको ध्यान जानुपर्ने सीमा क्षेत्रका स्थानीयवासीको भनाइ छ । दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख वीरबहादुर सुनारले यहाँको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढेप्रति खुसी व्यक्त गर्नुभयो । “सीमा क्षेत्रमा हुने अवैध गतिविधि पनि सुरक्षाकर्मीको उपस्थितिले निरुत्साहित हँुदै जानेछन्, सरकारको सीमामा बिओपी बढाउने कुरा निकै सह्रानीय छ ।” 

त्यसैगरी पुनर्वास नरगपालिका–९ का वडाध्यक्ष नारायणप्रसाद जैशीले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बढ्दा सीमा क्षेत्रका नागरिकलाई सहज भएको बताउनुभयो । “अहिले भारतीय पक्षसित समन्वय नै राम्रो छ”, उहाँले भन्नुभयो, “भूमि अतिक्रमणको विषय पनि टुङ्गो लगाउनुपर्छ ।” उहाँले प्याराताल क्षेत्रमा भारतीय पक्षले २०६१ सालयता अतिक्रमण गरेको बताउनुभयो । “सो क्षेत्र भारतले नक्सामा आफ्नो भूमि भनी दाबी गरे पनि भोगचलन हामीले गरेका छौँ”, उहाँले भन्नुभयो, “अहिले पनि प्यारातालबाट ५०० मिटरभित्र जङ्गलबाट सीतास्तम्भ नंं १९५ ढलेको अवस्थामा छ ।” उहाँले भारतसित समन्वय गरेर सीमा विवादको विषय पनि टुङ्गो लगाउनुपर्नेमा जोड दिनुभयो ।