२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन News Polar एलपी ग्यास अब डिलरमार्फतै किन्न संघको आग्रह News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’

नियतबस समाचार तोडमोड गरियो : सहमहामन्त्री डा महत

नियतबस समाचार तोडमोड गरियो : सहमहामन्त्री डा महत
अ अ+ अ-

काठमाडौ । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले आफूले बोल्दै नबोलेको कुरा सञ्चारमाध्यममा  आएको भन्दै आपत्ति जनाएका छन् । 

उनले आज एक विज्ञप्ति प्रकाशन गरी प्रधानमन्त्रीको उपस्थितिमा सिमित निकटस्थ सहयोगी र नेताहरुका बिचमा राखेका कुरालाई जोडेर “शेर बहादुर देउवा किन मलाई मन पर्छ” भन्ने भिडियोको पक्षमा बोल्यो भन्दै नभनेका कुरा सञ्चार माध्यमहरुमा एकपछि अर्कोगरी सुनियोजित रुपमा सम्प्रेषण गरिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । 

आज उनले विज्ञप्ति प्रकाशन गरेर सो आपत्ति जनाएका हुन् । उनले विज्ञप्तिमा भनेका छन्– प्रधानमन्त्री देउवाले आफ्नो जीवनको विभिन्न कालखण्डमा सत्तामा हुदा र नहुदा गरेका राम्रा कामहरुलाई उल्लेखित भिडिओमा प्रस्तुत गरेको भन्दा तथ्य र आधारसहित परिपक्क र भिन्न तरिकाबाट सम्प्रेषण गर्न सकिन्थ्यो भन्ने मलाई पनि लागेको । 

प्रधानमन्त्री वा उहाको सहयोगीले गरेको कुनै कार्यले प्रधानमन्त्रीको छविलाई हानी गरेको छ भन्ने लागेमा प्रधानमन्त्रीको निरन्तर पहुँचमा रहेका नेता र निकटस्थहरुले सिधै प्रधानमन्त्रीलाई भनेर सच्याउन सकिने र त्यसका लागि सामाजिक संजालको सहयोग लिनुुपर्ने अवस्था के परिस्थितिले आइपरेको हो भनेर उक्त छलफलमा मैले जिज्ञासा मात्र राखेको हो– डा महतले विज्ञप्तिमा भनेका छन् । 

उनले नेतृत्व तहबाट कुनै कमी कमजोरी भएमा सिधै राख्ने मेरो स्वभाव छ त्यसले काम नगरे मात्र संस्थागत र सार्वजनिक रुपमा राख्नुपर्छ भन्ने मान्यता म राख्दछु, उनले भनेका छन् । 
 
छलफलका क्रममा भन्दै नभनेको कुरालाई यसरी तोडमोड गरी सञ्चारमाध्यममा त्यहीँ भित्रबाट सम्प्रेषण हुनु दुर्भाग्यपूर्ण भएको सबै सरोकारवाला,पार्र्टीका समर्थक र सुभचिन्तकहरुमा निबेदन गर्दछु–विज्ञप्तिमा उनले भनेका छन् ।