२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीको स्वास्थ्यमा सुधार, आज डिस्चार्ज हुँदै



अ+ अ-

काठमाडौँ । स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी आज अस्पतालबाट डिस्चार्ज हुँदै हुनुहुन्छ ।

अस्वस्थ भएपछि उहाँ यही असोज २२ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । भोलिपल्ट परीक्षणमा उहाँलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्पतालका चिकित्सकहरुले राष्ट्रपतिको स्वास्थ्यमा सुधार भएको र ज्वरो र खोकी पनि कम भएको बताएका छन् । आवश्यक परे अब राष्ट्रपति भवनमै गएर थप परीक्षण र उपचार गर्न सकिने पनि चिकित्सकहरुको भनाइ छ ।