२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन News Polar एलपी ग्यास अब डिलरमार्फतै किन्न संघको आग्रह News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’

शुक्रबार र पञ्चमी तिथि एकैसाथ परेकाले यसबर्षकाे नागपञ्चमी विशेष

शुक्रबार र पञ्चमी तिथि एकैसाथ परेकाले यसबर्षकाे नागपञ्चमी विशेष
अ अ+ अ-

सनातन एवं हिन्दू धर्मशास्त्रमा प्रत्येक पंञ्चमी तिथि लाई नागदेवताकाे तिथिका रुपमा पुजा गरिने शास्त्रीय प्रमाण रहेकाे छ । यसका अतिरिक्त नागलाई भगवान् शिवकाे मुख्य आभूषणका रुपमा पनि पुजा गर्ने गरिएको छ । त्यसकारणले पनि श्रावण शुक्लपक्षकाे पञ्चमी तिथिलाई मुख्य रुपमा नाग पुजाकाे पर्वका रुपमा मनाउने प्रचलन सदीयौंदेखि चलिआएको छ । धार्मिक आस्थाका प्रतिकका रुपमा पनि यस दिन विशेष नगदेवताकाे पुजागर्ने शास्त्रीय प्रमाण रहेकाे छ । वैदिक ग्रन्थमा १२ प्रकारका नागहरुकाे व्याख्या गरिएकोछ।

अनन्त,वासुकि,शेष,पधद्म,कम्बला,कर्काेटक,अश्वभतरा,धृतराट्र,शङ्कपला,कालिया,तक्षक र पिङ्गला गरि १२ प्रकारका नागहरुकाे पुजा गर्ने गरिएको छ ।

यसवर्ष श्रावण २९ गते शुक्रबारका दिन परेकाे कारणले पनि यसलाई अगस्त नाग पञ्चमी भनेर व्याख्या गरिएको छ । पूर्णरूपमा पृथ्वीको भारलाई धारणा गर्नसक्ने शेषनाग भगवान् शिवजीकाे मुख्य गहनाका रुपमा रहेर देव,दानव तथा किन्नर लगाएतलाई पुजागर्ने पर्वका रुपमा रहेकाे उल्लेख गरिएको छ ।

यसदिन विशेष रुपमा नागकाे पुजा गर्नाले हरेक प्रकारका दुख,कष्ट समाप्त भई राहु र केतु ग्रहबाट पर्नगएकाे नागदाेष तथा पितृ दाेष पनि शान्ति हुने शास्त्रीय नियम रहिआएको छ । प्राण प्रतिष्ठा गरिएको शिवलिंगमा चादिबाट बनाईएकाे नाग र नगिन अथवा धातुबाट निर्माण गरिएको नागकाे प्रतिमा पुजागरेर दान गरेमा सम्पूर्ण पितृ दाेष तथा नागदाेष शान्ति हुने प्रमाण शास्त्रमा उल्लेख गरिएको छ । आजकाे दिन "सरिसृप" अर्थात घस्रेर जमीनमा हिड्ने जीवहरुकाे पूजा अर्चना गरिने विशेष दिन हाे ।

नाग अंकित चित्र तथा प्रतिमा बनाएर विशेष वैदिक बिधि अनुसार पुजा गरेर घरकाे दैलामा गाईको गाेबर र दुबाे लिएर नाग टास्ने शास्त्रीय नियम रहेकाे छ । गाईकाे गाेबर भएकाे स्थानमा नागकाे भय नहुने भएकाले पनि गाेबरकाे पनि बिशेष महत्व रहेकाे शास्त्रमा उल्लेख गरिएको छ ।

यसकाे एतिहासिक सम्बन्ध महाभारतसँग जाेडिएकाे प्रमाण पाईन्छ । परिक्षित् नाग गरेका राजालाई तक्षक नाम गरेकाे नागेले टाेकेर उनकाे मृत्युु हुन्छ । उनका छाेरा जनमेजयले बुबाकाे मृत्युको बदलालिनका लागि संसारका सम्पूर्ण सर्पहरुलाई मार्ने कार्य प्रारम्भकालागि सर्पयज्ञ सुरुगरे र उक्त यज्ञमा सिद्ध ऋषिमुनी तथा साधु पण्डितहरुलाई आमन्त्रण गरेकाे प्रमाण उल्लेख गरिएको छ । उक्त यज्ञमा तक्षक नाग बाहेक सम्पूर्ण सर्पहरु भस्म भएकाे महाभारतमा उल्लेख गरिएको छ । यसदिन नागदेवतालाई दूध र दुधबाट बनाईएकाे परिकार चढाउने नियम रहिआएको छ ।