• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

१७ जनालाई  इँटा भट्टामा राखेर मारेको अभियोगमा थुनामा रहेका कांग्रेस नेता आलमको मुद्दाको सुनुवाई हुँदै



काठमाडौं । २०७० सालको निर्वाचन बेला १७ जना मजदरलाई  इँटा भट्टामा राखेर मारेको अभियोगका थुनामा रहेका कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दाको सुनुवाई सर्वोच्च अदालतमा आज हुँदैछ । न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा आलमको मुद्दाको सुनुवाई हुन लागेको हो । 

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले केही समय अघि रौतहटमा आयोजित एक कार्यक्रममा  आलममाथि अन्याय भएको र आफुहरु सरकारमा आएपछि थुनामुक्त गराउने आश्वासन दिनुभएको थियो।

सरकार परिवर्तन पछि आलमका सहयोगीहरुले पीडित स्थानिय माथी विभिन्न दवाव दिनुका साथै ज्यान खतरामा रहेको भन्दै पटक पटक प्रशासनको ध्यानकर्षण गराउँदै आएका थिए । तर उनिहरुको माग भने सुनुवाई भएको छैन ।