• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo

मलेसियामा संसद् विघटन, ६० दिनभित्र मध्यावधि निर्वाचनको घोषणा



एजेन्सी । मलेसियामा संसद् विघटन गरिएको छ । मलेसियाली प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद् विघटनको घोषणा गरेका हुन् ।

सोमबार संसद् विघटन गर्दै उनले ६० दिनभित्र मध्यावधि निर्वाचन हुने घोषणा गरेका छन् ।

राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जनाएका छन् ।

सन् २०१८ को निर्वाचनपछि देशमा विभिन्न घटनाक्रम विकसित भएका र त्यसले आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नुपरेको उनले सम्बोधनका क्रममा बताएका छन् ।

उनले सरकारको सिफारिसमा निर्वाचन आयोगले केही दिनमा निर्वाचनको मिति घोषणा गर्ने समेत उल्लेख गरे ।