४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

पार्टीमा व्यक्तिवादी प्रवृति पुरै हावी छ ,यस्ता विषयमा नबोल्ने कार्यकर्ता होइनन्, दास हुन्

यस्ता विषयमा मत राख्दा कयौं नेताहरुको टेडो नजर परेकै छ र धेरै साथीहरु गुमाएको विषयप्रति पनि चिन्ता छैन

पार्टीमा व्यक्तिवादी प्रवृति पुरै हावी छ ,यस्ता विषयमा नबोल्ने कार्यकर्ता होइनन्, दास हुन्
अ+ अ-

मेरा आफ्ना कुरा

धेरै साथीहरु र निर्वाचन क्षेत्रका कार्यकर्ताहरुले टिकटको बारेमा सकारात्मक चासो राख्नुभएको छ, त्यसप्रति सम्मान व्यक्त गर्दछु । टिकटको निर्णय भएको दिन बिभूतिले ‘तिमी बच्यौ लेखनाथ, तिमी बच्यौं’ भनेर खुशी व्यक्त गरिन । यो सकारात्मक अभिव्यक्तिप्रति पनि सम्मान छ ।

धेरै मान्छेले भन्छन् कि इमान्दार पात्रहरु अहिलेको वातावरणमा सांसद हुनु भनेको आधा बिग्रनु हो र मन्त्री हुनु भनेको पुरै बिग्रनु हो । यसकारण पनि टिकट नपाएकोमा बेखुशी होइन कि अझै केही समय नबिग्रिकन बाँच्न र काम गर्न पाइने भयो भन्ने सन्दर्भसहित खुशी व्यक्त गर्दछु ।

‘म चुनाव नलडी छोड्दिन, मलाई जसरी नि टिकट चाहिन्छ’ भनेर मैले कहिल्यै, कसैसँग भनिन र भन्ने छैन । टिकट नदिए पार्टी छाड्छु वा स्वतन्त्र उम्मेदवार उठ्छु भनेर कहिल्यै भनिन र भन्ने छैन । टिकट लिनु र चुनाव लड्नु नै सबै र मुख्य कुरा होइन ।

टिकट माग्न म कुनै नेताकोमा नजाने, दबाब एवं वातावरण निर्माणका लागि कसैलाई परिचालन गर्न हुँदैन भन्ने र टिकटका लागि मरिहत्ते नगर्ने एकातिर भने अर्कोतिर यो यो आधारमा तलाई टिकट दिंने निर्णय गरियो भनेर पार्टीले कहिल्यै नभन्ने मात्र होइन, निर्णय गर्ने ठाउँमा बसेकाहरु आफ्नो र आफ्नाहरुबारे बढी नै चलखेल गर्ने परिपार्टीमा मैले टिकट पाउन्न भन्नेमा ढुक्क थिएँ र भयो पनि त्यस्तै ।

मभन्दा सिनियिर नेताहरु नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्य भइरहेको र हितराज पाण्डेको समानुपातिकमा नाम समावेश भएपछि गोरखाको २ नम्बरमा स्वतस् मैले टिकट पाउने (प्रदेशले गरेको प्रस्तावको आधारमा) अवस्था हो तर हाम्रै पार्टीको अध्यक्षले ‘म त्यही गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भए’ भनेपछि म त्यो पार्टीको सदस्य हुनुको नाताले स्वत: पछाडि हट्ने र पार्टीको चिन्हमा चुनाव लड्ने प्रतिनिधिहरुलाई जिताउने अभियानमा लाग्ने कुरा भइहाल्यो ।

यो स्थितिमा पार्टी अध्यक्ष जो गोरखामा चुनाव लड्दै हुनुहुन्छ उहाँ वा पार्टीको कुनै संरचनाले संस्थागत छलफलको वातावरण बनाउनु पथ्र्यो तर त्यसो भएन वा उहाँहरुले आवश्यक ठान्नु भएन । किन आवश्यक ठान्नु भएन भने उहाँको चुनाव क्षेत्र र टिकटबारे उहाँहरुले नै निर्णय गर्ने हुनाले छलफल आवश्यक ठान्नु भएन होला ।

यसो नहुँनुमा पार्टी संस्थागत रुपमा चलेको छैन, कसैले जित्नको लागि क्षेत्र वदल्दा, त्यस क्षेत्रका अरु सहयोद्धाहरुकोबारे के गर्ने ? भन्ने विषयमा छलफल नहुँनु वा पार्टी बाहिरका मान्छेहरुसँग मिलाइएको चोचोमोचोलाई रंग भरीभरी क्रान्तिको कार्यदिशा भनेर प्रचार गर्नु पार्टीमा व्यक्तिवादी प्रवृति पुरै हावी छ भन्ने विषय बुझ्न सकिन्छ । तर फेरि पनि टिकट पाइन भनेर बेखुशी छैन, निष्कृय हुन्न र एक पटक वा कैयौं पटक मात्र टिकट नपाउदैमा बेखुशी हुने तरिका राजनीतिक संस्कार पनि होइन ।

पार्टी विधान अनुसार चल्दा, पार्टीभित्र संस्थागत निर्णय हुँदा र संस्थागत निर्णयको आधारमा कार्यविभाजन हुँदा पार्टीभित्र गुनासो, विभेद वा अन्यायमा परेको अनुभूति कसैले गर्दैनन् । उसले पायो, मैले पाइन भन्ने गुनासो गर्ने ठाउँ रहदैन । सँगै सबैले टिकट पाइदैन, सबैलाई पार्टीले टिकट दिन पनि सक्दैन ।

जसले टिकट पाएपनि, जो सांसद र मन्त्री भएपनि सामूहिक स्वार्थका लागि काम गर्ने हो भने यसमा व्यक्तिगत दौडधुप, रस्साकस्सी र रुवाबासी किन गर्ने ? तर सामुहिक कामका लागि जनता र कार्यकर्ताले निर्वाचित गर्ने अनि निर्वाचित साँसद वा मन्त्री वा लाभको पदमा जाने जो कोही पनि भ्रष्टाचारमा पुरै डुब्ने, आन्दोलनको बलमा प्राप्त जिम्मा आफ्नै पैत्रिक सम्पत्ति वा निजी क्षमताको प्रतिफल ठान्ने ठालुहरु जसले पार्टीको बदनाम गरिरहेका छन् र त्यसको मार भोट हाल्नेहरुले समेत खानुपर्ने स्थिति विरुद्ध खुलेर लाग्ने हो । यस्ता विषयमा पनि नबोल्ने कार्यकर्ता, कार्यकर्ता होइनन्, दास हुन् भनेर निष्कर्ष निकाल्नु पर्छ ।

वैचारिक र सैद्धान्तिक वहस, संगठनात्मक विधि र पद्धतिबारे छलफल गर्न एवं पार्टीभित्रको सामन्ती संस्कृति, भ्रष्टाचार र आफन्तहरुकाबारेमा मात्र सोच्ने तरिका विरुद्ध पार्टीभित्र र समय अनुसार बाहिर पनि बोलिन्छ । यसको एउटै मात्र उद्देश्य पार्टीलाई आफ्नो वर्गधरातलमा खुट्टा टेकाउने र सही बाटोमा हिंडाउने प्रयत्न हो ।

यस्ता वहसमा नेता रिसाउछन् कि, मलाई पद दिंदैनन् कि वा पाइराखेको जिम्मा खोस्छन् कि भनेर धेरै जोख्न जरुरी ठानिदैन । यस्ता विषयमा मत राख्दा कयौं नेताहरुको टेडो नजर परेकै छ र धेरै साथीहरु गुमाएको विषयप्रति पनि चिन्ता छैन ।

मंसिर ४ सम्म पार्टीका प्रतिनिधिहरुलाई जिताउन र समानुपातिक मत प्राप्त गर्ने काममा लागिन्छ । त्यसपछि फेरि वैचारिकरसैद्धान्तिकरसांस्कृतिक विषयको वहसमा मुटु छेड्नेगरी क्रियशिल हुने हो । धन्यवाद

नेकपा माओवादी केन्द्रका नेता न्यौपाने फेसबुकबाट