६ श्रावण २०८३, बुधबार
,
Latest
माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा क्षेत्र नं ५ मा एमाले अध्यक्ष ओलीसँगै २७ जनाको उम्मेदवारी



अ+ अ-

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिनुभएको निर्वाचन क्षेत्र झापा–५ मा प्रतिनिधिसभा सदस्य पदका लागि २७ जनाले मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ता गराउनेमा स्वतन्त्र उम्मेदवार मात्रै १४ जना रहेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराइएको थियो । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाका पाँच निर्वाचन क्षेत्रका लागि एक सय एक जनाले प्रतिनिधिसभातर्फ र एक सय ६ जनाले प्रदेशसभातर्फ उम्मेद्वारी दर्ता गराएका हुन् ।

प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गराउनेमध्ये सबैभन्दा धेरै झापा क्षेत्र नं ५ मा नै रहेका छन् । त्यसमा पनि स्वान्त्र उम्मेदवारको सङ्ख्या धेरै रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिनुभयो । नेपालका अनुसार यो निर्वाचन क्षेत्रमा सहभागी दलमध्ये १४ जनाको स्वतन्त्र उम्मेदवारी हुन् ।

प्रमुख दलले प्रतिनिधिसभा सदस्य पदका लागि झापा क्षेत्र नं ५ मा महिलालाई उम्मेदवार नबनाए पनि अन्य साना दलका चार जना महिलालाई उम्मेदवार बनाउँदै मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा सदस्यका लागि नौ महिलासहित स्वातन्त्र ३३ गरी झापामा एक सय एक जनाको उम्मेदवारी रहेको छ । जसमा झापा क्षेत्र नं १ मा तीन महिलासहित १६ जना, २ मा एक महिलासहित बीस जना, ३ मा अठार जना, ४ मा एक महिलासहित बीस र ५ मा चार महिलासहित २७ जनाको उम्मेदवारी रहेको छ ।