१८ भाद्र २०८३, बिहीबार
,
Latest
कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आउँदो चुनावमा एमालेले सबैभन्दा ठूलो सजाय पाउनुपर्छः झलनाथ खनाल



अ+ अ-

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने बताउनु भएको छ । 

पूर्वप्रधानमन्त्री समेत रहनु भएका खनालले संसद विघटन गरेर संविधानको उलंघन गर्ने केपी ओलीलाई आगामी निर्वाचनमा नेपाली जनताले सबैभन्दा ठूलो सजाय दिनुपर्ने बताउनु भएको हो । पार्टीको गुल्मी–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले संविधानको प्रावधानविरुद्ध गएर संसद विघटन गर्ने योजना बनाउने काममा ओलीलाई सहयोग गरेको भन्दै राष्ट्रपति विद्या भण्डारीप्रति पनि असन्तुष्टि व्यक्त गर्नु भयो । 

ऐन उलंघन हुँदा एउटा नागरिकले जेलमा कैदीको रुपमा जीवन बिताउनुपर्ने तर संविधान उलंघन गर्दा पनि केपी ओलीले सजाय नपाउने अवस्था रहन नहुने भन्दै उहाँले नेपाली जनताले उनलाई निर्वाचनको माध्यामबाट सजाय दिनुपर्ने बताउनु भयो । नेता खनालले आगामी निर्वाचनमा केपी ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने दावी गर्दै उनको बाकसमा ‘जिरो’ मत हुनुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘संविधानका प्रावधानहरुको विरुद्ध गएर संसद विघटन गर्ने योजना बनाए । यो अर्को दक्षिणपन्थी अवसरवाद हो । दक्षिणपन्थी भडकावको कुरा हो । अपराधको कुरा पनि हो त्यो । संविधान कसैले उलंघन गर्दाखेरी एउटा सामान्य ऐन उलंघन गर्दाखेरी मान्छे जेल जान्छ । तर संविधान नै उलंघन गर्ने मान्छेलाई खै सजाय अहिलेसम्म ? त्यसकारणले कमरेडहरु, अव सजाय दिने बेला आएको छ । अव यो आउने निर्वाचनमा केपी ओलीले सबभन्दा ठूलो साजय पाउनुपर्छ । र, उनको बाकसमा जिरो मत पाउनु पर्छ हेर्नुस । तव मात्रै बास्तवमा नेपाली जनताले सही ढंगले संविधानको रक्षा गरेको ठहरिन्छ । तपाई, हामीले पनि संविधानको रक्षा गरेको ठहरिन्छ । यस्ता खालका अपराधिक काम उनले गरेका छन ।’

खनालले आगामी निर्वाचनमा सत्तारुढ दलहरुबीच खासखास ठाउँमा मात्रै चुनावी तालमेल हुने भन्दै आफ्नै खुट्टामा उभिएर निर्वाचनमा विजयी हुने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो ।