४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

ब्याजमा अनुदान: युवा उद्यमी उत्साहित

ब्याजमा अनुदान: युवा उद्यमी उत्साहित
अ+ अ-

रामपुर (पाल्पा) । समसुदिन मियाँ रामपुरको बेझाड बजारका एक प्रतिष्ठित साउण्ड सिस्टम व्यवसायी हुनुहुन्छ । यस व्यवसायमा लामो समयदेखि अनुभव लिनुभएका मियाँको अहिलेको दिनचर्या भने हाँसपालनमा बितेको छ ।

रामपुर नगरपालिकाले कृषि उद्यम गर्न इच्छुक युवालाई ब्याज अनुदान उपलब्ध गराउन थालेपछि बैंकबाट रु १२ लाख ऋण झिकेर हाँसपालन सुरु गर्नुभएको छ । “कोरोनाको असरले अहिले साउण्ड सिस्टमको व्यापार छैन, नगरपालिकाको सहयोगमा हाँसपालन सुरु गरेको छु”, उहाँले भन्नुभयो, “दुई वर्षसम्मको ब्याज पनि तिर्नु नपर्दो रहेछ, नगरपालिकाले युवा लक्षित ब्याज अनुदान कार्यक्रम ल्याएपछि हाँसपालन सुरु गरेको हुँ ।” 

उहाँको फार्ममा हाल माउ र चल्ला गरी करिब ५०० हाँस छन् । हाँससँगै उहाँले स्थानीय जातको ४०० कुखुरा पाल्ने तयारी गर्नुभएको छ । उहाँले गत वर्ष ४५० हाँस बिक्री गरिसक्नुभएको छ । त्यस्तै विनोद श्रेष्ठले पनि गाईभैँसीपालनलाई विस्तार गर्नुभएको छ । नगरपालिकाको रु १० लाख बराबरको ब्याज अनुदानमा उहाँले गाईभैँसीपालनलाई विस्तार गर्नुभएको हो ।  नगरपालिकाले ब्याज अनुदानमा रकम उपलब्ध गराउन थालेपछि कृषि तथा पशुपालन व्यवसायमा लाग्ने युवालाई प्रेरणा मिलेको उहाँको भनाइ छ । 

“दुई वर्षसम्म बैंकबाट झिकेको ऋणको ब्याज नगरपालिकाले बुझाइदिने भएपछि व्यवसाय गर्न धेरै राहत पुगेको छ”, उहाँले भन्नुभयो, “ब्याज बुझाउनु नपरेपछि ऋणको भार कृषकलाई कम परेको छ ।” उहाँको फार्ममा हाल आठ भैँसी र सात गाई छन् । यस कार्यक्रमले युवालाई गाउँमै बसेर कृषि उद्यम गर्न आकर्षित बनाएको श्रेष्ठको अनुभव छ ।

त्यस्तै स्थानीयवासी बलबहादुर घर्तीले पनि दुई वर्षसम्मको ब्याज नगरपालिकाले तिरिदिने भएपछि कृषि विकास बैंकबाट रु १० लाख कर्जा लिनुभयो । उहाँले सो रकम बङ्गुरपालनमा लगानी गर्नुभएको छ । दुई वर्षदेखि बङ्गुरपालन व्यवसाय गर्नुभएका उहाँको फार्ममा हाल १० माउ, ५५ बङ्गुरका पाठापाठी छन् । व्यवसायबाट गरेको आम्दानी बैंकबाट झिकेको ऋणको ब्याज बुझाउनुपर्दा कतिपयले आम्दानी नै लिन नसक्ने अवस्था पनि छ । 

महिनैपिच्छे बैंकमा ब्याज बुझाउने समस्याका कारण कृषकले लगानी र मेहेनतअनुसारको प्रतिफल लिन नसकिरहेको अवस्थामा यस कार्यक्रमले ब्याज बुझाउनुपर्ने झण्झट हटेको अगुवा कृषक कृष्णकुमार अर्यालले बताउनुभयो । उहाँले भैँसीपालनका लागि नगरपालिबाट रु १० लाख ब्याज अनुदान कर्जा लिनुभएको छ । नगरपालिकाले सुरु गरेको ब्याज अनुदान कार्यक्रम नमूना रहेको उहाँको भनाइ छ । “बैंकबाट ऋण झिकेर व्यवसायमा लगानी गरियो, समयमा ब्याज बुझाउन नसक्दा कृषकलाई तनाव हुन्थ्यो, अब नगरपालिकाले दुई वर्षसम्मको ब्याज तिर्ने भएपछि ब्याज बुझाउन कता दाम खोज्ने भन्ने पिरलो हट्यो”, अर्यालले भन्नुभयो । 

रु १२ लाखसम्मको कर्जामा दुई वर्षसम्मको ब्याज पूर्ण अनुदान उपलब्ध गराउने युवा स्वरोजगार कार्यक्रम कार्यविधि तयार गरी आर्थिक वर्ष २०७५/७६ देखि कार्यक्रम सञ्चालनमा ल्याइयो । रामपुरका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट युवाले कर्जा लिएर व्यवसाय चलाइरहेका छन् । आव २०७६/७७ मा ३३ युवा उद्यमीले यस कार्यक्रमअन्र्तगत रु दुई करोड १८ लाख ५५ हजार कर्जा लिएका छन् । त्यस्तै आव २०७६÷७७ मा दोस्रो चरणमा ११ युवा उद्यमीले यस कार्यक्रमअन्तर्गत रु ८१ लाख ५० हजार कर्जा लिएका छन् । आव २०७७/७८ मा २३ युवा उद्यमीले यस कार्यक्रमअन्तर्गत रु एक करोड ९२ लाख कर्जा लिएर व्यवसाय चलाएका छन् ।

आव २०७७÷७८ को अन्त्यसम्म युवा स्वरोजगार कार्यक्रमअन्तर्गत छनोट भई सम्झौता भएका ६७ युवा उद्यमीले रु चार करोड ९२ लाख पाँच हजार कर्जा लिई नगरपालिकासँग सम्झौता गरिसकेको र सोहीअनुसार नगरपालिकाले दुई वर्षसम्मको शतप्रतिशत ब्याज अनुदानका रूपमा उपलब्ध गराउने छ । आव २०७७/७८ को पहिलो चौमासिकमा ३५ युवा उद्यमीलाई रु ११ लाख ब्याज अनुदान उपलब्ध गराइएको छ । आव २०७७/७८ मा पेश भएका प्रस्तावबाट ८६ युवा उद्यमी छनोट गरिएको र दोस्रो चौमासिकमा ३८ युवा उद्यमीलाई पाँच महिनाको रु ११ लाख ५५ हजार ४११ रकम ब्याज अनुदान उपलब्ध गराइएको छ ।

आव २०७७/७८ को तेस्रो चौमासिकमा ६३ उद्यमीलाई रु १४ लाख ५१ हजार २३९ रकम उपलब्ध गराइएको छ । गत असार मसान्तसम्ममा युवा स्वरोजगार कार्यक्रमबाट युवा उद्यमीलाई रु ४२ लाख ५७ हजार ८२३ ब्याज अनुदान उपलब्ध गराइएको युवा स्वरोजगार कार्यक्रम समितिका सदस्यसचिव तथा कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताउनुभयो । 

“यस कार्यक्रमले कृषि व्यवसाय दर्ता गर्ने र नयाँ फार्म स्थापना, कृषि तथा पशुपालनको व्यवसायीकरण भएको छ, अनुदान कार्यक्रममा सहभागी युवा उत्साहजनकरूपमा कृषिमा लाग्नुभएको छ”, पाण्डेयले भन्नुभयो । युवा उद्यमीलाई कृषि तथा अन्य व्यवसाय स्थापना र व्यवसाय वृद्धिको लागि कृषि कर्जामा पूर्ण अनुदानले रामपुर नगरपालिकामा कृषि तथा पशुपक्षीपालनसम्बन्धी फार्म दर्तामा वृद्धि भएको उहाँले बताउनुभयो । उहाँका अनुसार यस कार्यक्रमले युवाको रोजाइ कृषि व्यवसाय बन्न थालेको छ ।

रामपुर नगरपालिकालाई कृषि र पशुपालनबाट आत्मनिर्भर बनाउन र स्थानीय उत्पादनलाई प्राथमिकता दिने, वैदेशिक रोजगारमा जाने युवालाई गाउँमै बसेर काम गर्न प्रेरणा मिलोस् भनेर यो कार्यक्रम सुरु गरिएको हो । यसै आर्थिक वर्षदेखि यस कार्यक्रममा समावेश भएका युवालाई कृषिमा प्रोत्साहन गर्दै रु १२ लाखको कृषि कर्जामा ब्याज अनुदान उपलब्ध गराउँदै आएकामा अबदेखि कर्जा थप गरी रु २० लाखसम्म पु¥याउने नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

तरकारी, फलफूल खेती, नर्सरी स्थापना वा नवीन कृषि प्रविधिको हकमा व्यक्तिगत रुपमा कम्तीमा दुई रोपनी वा सामूहिकरूपमा १० रोपनीमा खेती गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ । कुखुरापालनका लागि व्यक्तिगत कम्तीमा ५०० कुखुरा र सामूहिक कम्तीमा तीन हजार कुखुरा ९लेयर्स जातको हकमा दुई हजार० पाल्ने योजनासहित कुखुरा अट्ने भौतिक संरचना भएको वा सोही संरचना बन्ने जग्गा हुनुपर्नेछ ।

माछा पोखरीको हकमा व्यक्तिगत दुई रोपनी र सामूहिक १० रोपनीमा हालसालै निर्माण भएको वा निर्माण गर्न सक्ने जग्गा हुनुपर्नेछ । बाख्रापालनको हकमा व्यक्तिगत १० माउ र सामूहिक १०० वटा बाख्रापालन गर्नुपर्ने, मौरीपालनका लागि व्यक्तिगत २० घार र सामूहिक १०० घार हुनुपर्ने, च्याउखेतीमा व्यक्तिगत तीन डुमहाउस र सामूहिक १० डुमहाउस, बङ्गुरपालनमा व्यक्तिगत पाँच माउ र सामूहिक २५ माउ हुनुपर्ने, गाईभैँसीमा व्यक्तिगत पाँच माउ र सामूहिक २० माउ हुनुपर्नेछ ।  यस कार्यक्रमम २१ वर्ष उमेर पूरा भई ५० वर्षभित्रका व्यक्तिलाई मात्र समावेश गरिएको छ । (रासस, सुशीला रेग्मी)