२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकार्यमा नेपाली कांग्रेस बेइमान देखियो– पराजुली



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीले निर्वाचन सहकार्यमा कांग्रेसले बेइमानगरेको जनाउनुभएको छ ।

सामाजिक सञ्जालमा पराजुलीले लेख्नुभएको छ, “सत्ता गठबन्धनमा सबैभन्दा बढी जिम्मेवारी, इमान्दारी र गठबन्धनको संस्कार र संस्कृति नेपाली कांग्रेसमा हुनुपर्दछ तर हिजो भएको उम्मेदवारी दर्तासम्म त्यो सहकार्यको बेइमान रुप नेपाली कांग्रेसमा देखियो, अझै समय छ बेलैमा सोच्नु नै नेपाली कांग्रेसका लागि हितकर छ ।”

पराजुलीले लेख्नुभएको छ –

ठूलो पार्टी र दल हुँ भन्नेले ठूलै इमान्दारीता, फराकिलो मान्यता, दृष्टिकोण र सहज सहकार्यको अनुभूति दिलाउन सक्नुपर्छ । सत्ता गठबन्धनमा सबैभन्दा बढी जिम्मावारी, इमान्दारी र गठबन्धनको संस्कार, संस्कृति नेपाली कांग्रेसमा हुनुपर्दछ तर हिजो भएको उम्मेदवारी दर्तासम्म त्यो सहकार्यको बेइमान रुप नेपाली कांग्रेसमा देखियो, अझै समय छ बेलैमा सोच्नु नै नेपाली कांग्रेसका लागि हितकर छ ।

कुनै दल ठूलो हुनु सानो हुनु यो नियमित प्रकिया जस्तै हो । अघिल्लो चुनावको नजिरलाई हेर्दा पनि हुन्छ । दम्भ, अंहकार रघमण्डले नै समाप्तीको दिशातिर लैजान्छ । वास्तविक धरातलको सम्मानका साथ सत्ता गठबन्धनलाई अघि बढौँ, सबैलाई चेतना भया । राजनीतिक स्थिरता नेपाली राजनीतिको अपरिहार्यता हो ।