१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङ १ मा एमालेकै दुई महिलाबीच चर्काचर्की, दुबैले दिए उम्मेदवारी



गंगा चाैधरी
अ+ अ-

दाङ निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले)का दुई महिला सदस्यबीच भिडन्तको स्थिति देखिएको छ ।

एमालेकी निवर्तमान सांसद गंगा चौधरी सत्गौवाले उम्मेदवारी दर्ता गराएपछि यहाँको राजनीति थप गर्मिएको छ । गंगाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।

एमालेको तर्फबाट दाङ क्षेत्र नम्बर १ मा निवर्तमान सांसद शान्ता चौधरीले आधिकारिक उम्मेदवारी दर्ता गराउनु भएको छ ।

पार्टीले टिकट नदिएपछि गंगाले उम्मेदवारी दिने घोषणा गर्नु भएको थियो । उम्मेदवारी दिएपछि एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिने पनि उहाँले यसअघि नै घोषणा गरिसक्नु भएको छ ।

हुनत, यसअघि गंगालाई दाङ १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको थियो । तर दाङ २ की स्थायी बासिन्दा शान्ता चौधरी एमाले उम्मेदवार बनेपछि गंगा चौधरीले बागी उम्मेदवारी दिनु भएको हो ।

गंगा थरुहट आन्दोलनबाट राजनीतिक चर्चामा आउनु भएको हो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उहाँ समानुपातिकतर्फबाट निर्वाचित हुनु भएको थियो ।