५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङ १ मा एमालेकै दुई महिलाबीच चर्काचर्की, दुबैले दिए उम्मेदवारी



गंगा चाैधरी
अ+ अ-

दाङ निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले)का दुई महिला सदस्यबीच भिडन्तको स्थिति देखिएको छ ।

एमालेकी निवर्तमान सांसद गंगा चौधरी सत्गौवाले उम्मेदवारी दर्ता गराएपछि यहाँको राजनीति थप गर्मिएको छ । गंगाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।

एमालेको तर्फबाट दाङ क्षेत्र नम्बर १ मा निवर्तमान सांसद शान्ता चौधरीले आधिकारिक उम्मेदवारी दर्ता गराउनु भएको छ ।

पार्टीले टिकट नदिएपछि गंगाले उम्मेदवारी दिने घोषणा गर्नु भएको थियो । उम्मेदवारी दिएपछि एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिने पनि उहाँले यसअघि नै घोषणा गरिसक्नु भएको छ ।

हुनत, यसअघि गंगालाई दाङ १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको थियो । तर दाङ २ की स्थायी बासिन्दा शान्ता चौधरी एमाले उम्मेदवार बनेपछि गंगा चौधरीले बागी उम्मेदवारी दिनु भएको हो ।

गंगा थरुहट आन्दोलनबाट राजनीतिक चर्चामा आउनु भएको हो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उहाँ समानुपातिकतर्फबाट निर्वाचित हुनु भएको थियो ।