• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित

मुख्यमन्त्री पाण्डेको धादिङ क्षेत्र नं १ बाट प्रनिनिधिसभा सदस्यमा उम्मेदवारी



काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रतिनिधिसभा सदस्य पदका लागि धादिङ क्षेत्र नंं १ बाट उम्मेदवारी दिनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) धादिङका सचिव सुवास खतिवडामार्फत गल्छी गाउँपालिका–६ महादेवस्थनमा मुख्यमन्त्री पाण्डेको मनोनयनपत्र दर्ता गरिएको हो ।

एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री पाण्डे सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि धादिङ–१ बाट उम्मेदवार हुनुभएको हो ।

विसं २०४३ मा जनपक्षीय उम्मेदवारका रूपमा धादिङ जिल्ला पञ्चायतको सभापति पदमा विजयी हुनुभएका नेता पाण्डेलाई शासन व्यवस्थाको विरोध गरेवापत तत्कालीन पञ्चायती शासकले पदीय जिम्मेवारीबाट हटाई राजकाज अपराधअन्तर्गत तीन वर्ष जेल सजाय र रु तीन हजार जरिवाना गरेको थियो ।

बहुदलीय व्यवस्था पुनःस्थापनापछि नेता पाण्डे जेलमुक्त हुनुभएको हो । विसं २०६४ को निर्वाचनबाहेक २०४८ पछि मुलुकमा सम्पन्न सबै संसदीय निर्वाचनमा धादिङबाट निर्वाचित भई २०६३ मा उहाँ स्थानीय विकासमन्त्रीसमेत हुनुभएको थियो ।

यसअघि विसं २०७४ मा भएको निर्वाचनमा उहाँ धादिङ क्षेत्र नं १ बाट प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो । नेकपा (एमाले)बाट विद्रोह गरी गठन भएको नेकपा (एकीकृत समाजवादी)को तर्फबाट उहाँ बागमती प्रदेशका मुख्यमन्त्री हुनुहुन्छ ।

आमा मनमाया पाण्डेको यही असोज १३ गते निधन भएपछि मुख्यमन्त्री पाण्डे हाल काठमाडौँ स्वयम्भूमा किरियाकर्ममा हुनुहुन्छ ।