६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

युवाहरु रोजगारीका लागि विदेशीँदा हाम्रा कतिपय सामाजिक सांस्कृतिक मूल्य मान्यतामा विचलन आयो: राष्ट्रपति भण्डारी

युवाहरु रोजगारीका लागि विदेशीँदा हाम्रा कतिपय सामाजिक सांस्कृतिक मूल्य मान्यतामा विचलन आयो: राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारी
अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले युवामा भएको क्षमता, सोच र सीपलाई भरपुग उपयोग गर्नुपर्ने बताउनुभएको छ ।

‘अन्तर्राष्ट्रिय युवा दिवस’ का अवसरमा राष्ट्रिय युवा परिषदद्वारा आज  आयोजित भर्चुअल कार्यक्रममा शुभकामना दिनुहुँदै उहाँले राज्यले युवा विकासलाई उच्च प्राथमिकतामा राखेर उनीहरुमा रहेको उर्जा, सोच र साहसलाई भरपुर उपयोग गर्नुपर्ने बताउनुभएको हो । 

राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्य हासिल गर्नका लागि स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गरी युवालाई उत्पादनसँग जोड्नु आवश्यक रहेको उल्लेख गर्नुहुँदै मुलुकको सकारात्मक परिवर्तनका लागि नेपाली युवालाई सिर्जनात्मक सोचसहित प्रेरणा मिलोस् भन्ने कामनासमेत गर्नुभयो । 

युवा शक्ति देशको शक्ति हो भन्नुहुँदै उहाँले युवाको काँधमा परिवार, समाज र राष्ट्रको ठूलो जिम्मेवारी रहेको बताउनुभयो । राष्ट्रपति भण्डारीले युवा जनशक्ति बेरोजगार हुँदा मुलुकको समग्र आर्थिक र समाजिक प्रणाली नै अवरुद्ध हुने उल्लेख गर्नुहुँदै युवाको ठूलो पङ्क्ति विदेश पलायन हुँदा दिगो अर्थतन्त्रको विकासका लागि समेत प्रतिकूलता सिर्जना हुन पुग्ने बताउनुभयो । “युवाहरु रोजगारीका लागि विदेशिँदा हाम्रा कतिपय सामाजिक सांस्कृतिक मूल्य मान्यतामा विचलन आएको छ । यसले पारिवारिक सुख, शान्तिमा पनि खलल पुगेको छ”, उहाँले भन्नुभयो, “सीपको अभावमा वैदेशिक रोजगारीमा जाँदा न्यून आम्दानी हुनुका साथै स्वास्थ्य सुरक्षा र नोकरी पनि असुरक्षित हुन जान्छ ।”

राष्ट्रपति भण्डारीले कृषिजन्य पदार्थ र वनजन्य वस्तुको उच्च व्यापार घाटालाई न्यूनीकरण गर्नका लागि युवालाई कृषि क्रान्तिमा सामेल गराउनुपर्ने उल्लेख गर्नुहुँदै युवालाई सीपयुक्त गुुणस्तरीय शिक्षाद्वारा नवप्रवर्तनमा सहभागी गराउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । कोभिड–१९ महामारीले अर्को चुनौती थपिएको बताउँदै उहाँले सङ्क्रमणकै कारण कृषि प्रणालीमा प्रतिकूलता र खाद्यान्न उत्पादन, वितरण र उपभोगमा समेत समस्या पैदा भएको उललेख गर्नुभयो । 

राष्ट्रपति भण्डारीले नवीन सोचका माध्यमबाट खाद्य प्रणालीमा रुपान्तरण तथा वातावरण संरक्षणका साथै नेपाली समाज र सिङ्गो भूमण्डलीय संरक्षणमा पैभावकारी भूमिका निर्वाह गर्न युवालाई सफताला मिलोस् भनेर कामनासमेत गर्नुभयो । उहाँले चेतना र जागरणका संवाहक नेपाली युवाको सर्वाङ्गीण विकास गर्ने उद्देश्यले स्थापित राष्ट्रिय युवा परिषद्ले विभिन्न सिर्जनात्मक काम गर्दै आएकामा खुशी लागेको बताउनुभयो ।

मुलुकको सामाजिक र आर्थिक प्रणालीसँग जलवायु परिवर्तनको मुद्दा अभिन्न अङ्गको रूपमा जोडिएको बताउँदै उहाँले हरित गृह ग्याँसको उत्सर्जनमा भएको वृद्धिले विश्वमा तामपान बढ्न गई जलवायु सङ्कट उत्पन्न भएको उल्लेख गर्नुभयो । “जलवायुको उच्च जोखिममा नेपाल पनि रहेको छ, यसबाट हाम्रो हिमालय क्षेत्रको तापमानमा पनि वृद्धि भई हिमाल पग्लने, हिमताल विष्फोटन हुने र सम्पूर्ण जनजीवन अस्तव्यस्त हुने सम्भावना बढेर गएको छ”, उहाँले भन्नुभयो ।

राष्ट्रपति भण्डारीले अप्रत्यासित बाढी, पहिरो, अनावृष्टि, शीतलहर, प्राकृतिक तापमान अस्वाभिक वृद्धिजस्ता कारणले प्राकृतिक वातावरणलाई समेत खलबल्याएको उल्लेख गर्नुहुँदै वन विनास, भूक्षय, आगलागी र प्रदूषणले जनजीवन थप प्रभावित बन्न पुगेको बताउनुभयो । “जलवायु परिवर्तनका नकारात्मक असरलाई न्यूनीकरण गर्नका लागि युवा समुदायले विशेष पहल लिनुपर्दछ”, उहाँले भन्नुभयो । खाद्य उत्पादनमा ह्रास, असुरक्षित खाद्य व्यवस्था, खानाको गलत प्रयोग र पोषणयुक्त खानाको कमीले मानव स्वास्थ्यमा प्रतिकूल असर परिरहेको बताउँदै उहाँले हाम्रो खाद्य प्रणालीमा रुपान्तरणका लागि खाद्यवस्तु उत्पादन, संरक्षण, वितरण र उपयोगमा युवाको नवीन सोचको प्रयोग हुन सके मानव स्वास्थ्य सुरक्षित हुने विश्वास व्यक्त गर्नुभयो ।

‘खाद्य प्रणालीमा रुपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि यो दिवस मनाउन थालिएको हो । दिवसकै अवसरमा राष्ट्रिय युवा परिषद्को आयोजना गरिएको युवाको क्षमता विकास, युवा नेतृत्वसम्बन्धी कार्यक्रम गरिएको छ ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले परिवर्तनका संवाहक युवा भएकाले युुवाको क्षमता विकास गरेर मात्र मुलुकलाई समृद्ध बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले सरकारले युवालक्षित कार्यक्रम ल्याए पनि कार्यन्वयनमा समस्या भएकाले युवाका मुद्दा अझै सम्बोधन हुन नसकेको बताउनुभयो । नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । सरकारीरूपमा परिषद्को अगुवाइमा विसं २०७३ देखि मनाउन थालिएको हो ।

युवाका सवाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् । नेपालमा कूल जनसङ्ख्याको ४०।३ प्रतिशत युवा रहेका छन् । रासस