१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको भन्दा तेब्बर मतान्तरले विजयी बन्छौँः महेश बस्नेत



अ+ अ-

भक्तपुर । नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिनिधि सभाको प्रत्यक्षमा मनोनयन दर्ता गराउनुभएको छ ।

आईतवार भक्तपुरको प्रतिनिधि सभा २ नम्बर क्षेत्रबाट प्रतिनिधि सभाको प्रत्यक्षमा मनोनयन दर्ता गराउनुभएको हो । बाजागाजासहित कार्यकर्ताको भीडलाई लिएर नेता बस्नेतले उम्मेदवारी दिनुभयो । अघिल्लो निर्वाचनमा पनि विजयी बन्नुभएका नेता बस्नेत यो निर्वाचनमा सत्ता गठबन्धन बिरुद्ध प्रतिष्पर्धामा हुनुहुन्छ ।

उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता बस्नेतले राष्ट्रिय राजनीतिमा नेकपा एमाले आएपछि मात्रै भक्तपुरको आवाज संसदमा मुखरित भएको बताउनु भयो । उहाँले आगामी निर्वाचनमा विजयी बनेसँगै भक्तपुरमा औद्योगिकरणका साथै नयाँ शहर निर्माणको काम गर्ने र रोजगारी सिर्जना गर्ने काम आफ्नो लक्ष्य रहेको बताउनु भयो । उहाँले ांस्कृतिक सम्पदाको पुनः निर्माण र निरन्तरता दिने उद्देश्य रहेको बताउनु भयो ।

नेता बस्नेतले भन्नुभयो, ‘राष्ट्रिय राजनीतिमा नेकपा एमाले आएपछि मात्रै भक्तपुरको आवाज मुखरित भयो । पहिला भएको थिएन भन्ने जनताको गुनासो छ । भक्तपुरलाई राष्ट्रिय राजनीतिमा मुखरित गराउनेछौँ । व्यापक औद्योगिकरण, नयाँ शहर निर्माण, धेरै रोजगारीको निर्माण गर्नेछौँ । सांस्कृतिक सम्पदाको पुनः निर्माण र निरन्तरता दिने हाम्रो उद्देश्य छ । हामीले भक्तपुरको विकासको निमित्त अधिकतम प्रयोग गर्ने हिसावले काम गर्नेछौँ । गठबन्धन जनताकोबीचमा अलोकप्रिय र आलोचित भएको छ । नेकपा एमाले भएन भने राष्ट्रिय राजनीति कमजोर हुन्छ । हामी यसपालिको निर्वाचनको हाम्रो प्रतिपक्षी प्रतिष्पर्धी काँग्रेस भन्दा तेब्बर भोटको अन्तरले जित्नेछौँ ।’

नेता बस्नेतले गठबन्धन जनताकोबीचमा अलोकप्रिय र आलोचित भइरहेको बताउनु भयो । उहाँले आगामी निर्वाचनमा प्रतिपक्षी काँग्रेसको भन्दा तेब्बर मतान्तरले आफू विजयी बन्ने दाबी गर्नुभयो ।