१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर

जनतामा सही सूचना प्रवाह गर्न जनप्रतिनिधको भूमिका महत्वपूर्ण: अध्यक्ष तिमिल्सिना

जनतामा सही सूचना प्रवाह गर्न जनप्रतिनिधको भूमिका महत्वपूर्ण: अध्यक्ष तिमिल्सिना
अ अ+ अ-

 काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य सम्बन्धी सही सूचना जनतामा प्रवाह गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ।काठमाडौंमा मंगलबार आयोजित कोभिड -१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रमको उद्घाटन सत्रमा उहाँले यस्तो बताउनुभएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना, संघीय संसदको संयोजन र विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष तिमिल्सिनाले कोभिड( १९ को संक्रमणका विभिन्न भेरियन्ट देखिने क्रम नरोकिएकाले जनप्रतिनिधि तथा राजनीतिकर्मीले यसबारे जानकारी राख्नुपर्ने बनाउनुभयो।उहाँले आफ्ना मतदातालाई स्वास्थ्य आचारसंहिता परिपालना र कोभिड विरुद्धको खोप लगाउन प्रेरित गर्न आग्रह गर्नुभयो।

राष्ट्रिय सभामा चार वर्षे कार्यकाल पूरा गरी बिदाइ हुन लाग्नुभएका तथा दुईवर्ष कार्यकाल बाँकी रहनुभएका सांसदहरू सहभागी कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले आफ्ना मतदाता र जनतालाई कोभिड-१९ जोखिम र यसको नियन्त्रणमा व्यक्तिको भूमिका बारे सचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिको भएको बताउनुभयो।

हामी यहाँ फागुन २० गते कार्यकाल पूरा भएर बिदाइ हुने र दुई वर्षपछि बिदा भएर जाने राष्ट्रिय सभा सदस्यहरू सहभागी छौं उहाँले भन्नुभयो, "त्यसैले पहिलो चरणमा आफ्नो घर रहेको स्थानीय तहलाई कोभिड(१९ बिरुद्धको पूर्ण खोपयुक्त पालिका बनाउन लागौं।"

सो अवसरमा उहाँले  कोभिड महामारीले हामीलाई अवसर पनि उपलब्ध भएको र यसका कारणले केन्द्रदेखि स्थानीय तहसम्मको स्वास्थ्य संरचनामा सुधार, जनशक्तिको क्षमता अभिवृद्धी र राज्यको प्रथामिकतामा स्वास्थ्य क्षेत्र परेको उहाँले बताउनुभयो।

 नेपालमा महामारीले निकै संकटको अवस्था सिर्जना गर्यो, लाखौंको संख्यामा संक्रमित भयौं र हजारौंको ज्यान गयो ,उहाँले भन्नुभयो,महामारीले ल्याएको संकटसँगै स्वास्थ्य क्षेत्रको क्षमता र तयारीमा सुधार आएको छ। यो सकरात्मक पक्ष हो।  

कार्यक्रममा उहाँले गत वर्ष सातवटा प्रदेशमा कोभिड जोखिम सञ्चारसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएपछि सकारात्मक प्रतिक्रिया आएकाले यो वर्ष राष्ट्रिय सभाका सदस्यज्यूहरूको सहभागितामा यो कार्यक्रम आयोजना भएको बताउनुभयो। उहाँले यस्तै कार्यक्रम छिट्टै  सातै प्रदेशका प्रदेश सभा सदस्यहरुको उपस्थितिमा क्रमश आयोजना हुने जानकारी गराउनुभयो। आर्थिक र प्राविधिक सहयोग गरी यस्तो महत्वपूर्णकार्यक्रम आयोजना गर्नुभएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विशेषगरी विश्व स्वास्थ्य संगठन नेपाल कार्यालयलाई धन्यवादसमेत दिनुभयो।

त्यसैगरी विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. संमाजीराव  पाण्डवले कोरोना जस्ता महामारीले ल्याउने आपत्कालिन अवस्थाबाट कसरी सुरक्षित हुने र कोरोना खोपको आवश्यकता बारे जनतामा सचेतना फैलाउन नेपालका जनप्रतिनिधिले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।

सो क्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका सचिव डा। रोशन पोखरेलले जनप्रतिनिधि जनताका लागि उदारणीय पात्र हुने भएकाले जनचेतना फैलाउन सांसदहरूलाई अनुरोध गर्नुभयो।

अन्तर्क्रिया कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, उपाध्यक्ष शशिकला दहाल, राष्ट्रिय सभा सदस्यहरु, संघीय संसदका महासचिव  डा। भरतराज गौतम,  विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा। पाण्डव, राष्ट्रिय सभा सचिव राजेन्द्र फुँयाल, स्वास्थ्य मन्त्रालयका सचिव डा. पोखरेल लगायतको उपस्थिति रहेको छ।

कार्यक्रमको उद्घाटन सत्र पश्चात कोभिड-१९ रोकथाम र खोपसम्बन्धी जोखिम सञ्चार र सामुदायिक सहभागितासम्बन्धी स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनका विभिन्न स्वास्थ्य विशेषज्ञहको प्रस्तुति रहेको छ।