२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोसपा र जसपाका अध्यक्ष एवम् शीर्ष नेताको उम्मेदवारी



अ+ अ-

काठमाडौँ । तराई–मधेश केन्द्रीत दुई ठूला राजनीतिक पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) ले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार करिब करिब टुङ्गो लगाएका छन् । दुबै पार्टीका अध्यक्ष एवम् शीर्षस्त नेताहरुको निर्वाचन क्षेत्र पनि टुङ्गो लागिसकेको छ ।

सो बमोजिम लोसपाका अध्यक्ष महन्थ ठाकुरले महोत्तरी क्षेत्र नं ३ बाट उम्मेदवारी दिनुहुने भएको छ भने जसपाका अध्यक्ष उपेन्द्र यादवले सप्तरी क्षेत्र २ बाट उम्मेदवारी दिनुहुने निश्चित भएको बुझिएको छ । लोसपाका अध्यक्ष ठाकुर महोत्तरी ३ का लागि सिफारिस हुनुभएको उक्त पार्टीका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र २ बाट उम्मेदवारी दिनुहुने भएको छ ।

उक्त क्षेत्रमा गठबन्धनका दुई उम्मेदवार बन्ने भएका छन् । सोही निर्वाचन क्षेत्रमा महेन्द्र यादव पनि उम्मेदवारका लागि सिफारिस हुनुभएको छ । त्यस्तै सरतसिंह भण्डारीले महोत्तरी क्षेत्र २ र लक्ष्मणलाल कर्णले पर्सा क्षेत्र १ बाट उम्मेदवारी दिनुहुने भएको छ । सप्तरी क्षेत्र २ मा जयप्रकाश ठाकुरले उम्मेदवारका लागि मनोनयन दर्ता गराउनुहुने भएको छ । उक्त क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार हुनुहुन्छ । बारा क्षेत्र ३ बाट प्रमोद गुप्ताले टिकट पाउनुभएको छ । लोसपाले सत्ता गठबन्धनसँग तालमेल गरेको छ । यता जसपाका अध्यक्ष यादव सप्तरी २ बाट उम्मेदवारी दिनुहुने जसपाका प्रवक्ता मनिष कर्णले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“अध्यक्ष ज्यू अहिले छलफल मै हुनुहुन्छ । उहाँ सप्तरी २ बाटै उठ्नुहुन्छ होला ।”

जसपाका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरी निर्वाचन क्षेत्र १ बाट उम्मेदवार बन्नुहुने भएको छ । पूर्वमन्त्री राजकिशोरले यादव सिरहा २ बाट उम्मेदवारका लागि मनोनायन दर्ता गराउनु हुनेभएको छ । अर्का पूर्वमन्त्री रेणु यादव मधेस प्रदेशसभाको उम्मेदवारका लागि सिफारिस हुनुभएको छ । उहाँ सिरहा–३ ‘ख’ बाट प्रदेशसभामा उम्मेदवारी दिनुुहुनेछ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि सोही प्रदेशमै दोहोरिनुभएको छ ।

त्यसैगरी सङ्घीय मन्त्रीद्वय प्रदीप यादवले पर्सा १ र मोहम्मद इस्तियाक राईले बाँके २ बाट उम्मेदवारी दिनुहुने भएको छ । महोत्तरी क्षेत्र ४ बाट डा सुरेन्द्र यादवले टिकट पाउनुभएको छ । जसपाले नेकपा ९एमाले०सँग तालमेल गरेको छ ।