९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

मधेस प्रदेशमा २९ लाख मतदाता

मधेस प्रदेशमा २९ लाख मतदाता
अ अ+ अ-

सप्तरी । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मधेस प्रदेशमा २९ लाख १० हजार २३ मतदाताले मतदान गर्न पाउने भएका छन् ।

आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताले मतदान गर्न पाउने व्यवस्था भएअनुसार मधेस प्रदेशमा २९ लाख १० हजार २३ मतदाता रहेको आयोगका उपसचिव एवम् सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका १८ वर्ष उमेर पुगेका उनीहरुले आठ जिल्लाको ३२ प्रतिनिधिसभा सदस्य र ६४ प्रदेशसभाका लागि मङ्सिर ४ गते मतदान गर्न पाउनेछन् । जस्मा १३ लाख ३२ हजार ६ सय ४० महिला, १५ लाख ७७ हजार तीन सय १७ पुरुष र ६६ जना अन्य मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

मतदाता नामावली सङ्कलन भएअनुसार मधेस प्रदेशमा सबैभन्दा बढी बारामा एक लाख ९१ हजार चार सय ९० महिला, दुई लाख ३१ हजार आठ सय २६ पुरुष र ११ अन्य गरी चार लाख २३ हजार तीन सय २७ मतदाता छन् । सबैभन्दा कम महोत्तरीमा एक लाख ५४ हजार सात सय ८७ महिला, एक लाख ८१ हजार तीन सय सात पुरुष र एक अन्य गरी तीन लाख ३६ हजार ९५ मतदाता छन् ।

यसैगरी सप्तरीमा दुई लाख एक हजार ७१ महिला, दुई लाख १७ हजार दुई सय ८२ पुरुष र २१ अन्य गरी चार लाख १८ हजार तीन सय ७४, सर्लाहीमा एक लाख ८७ हजार आठ सय ३७ महिला, दुई लाख २५ हजार तीन सय २९ पुरुष र आठ अन्य गरी चार लाख १३ हजार एक सय ७४ मतदाता छन् ।

मधेस प्रदेशको राजधानी जनकपुरधाम रहेको धनुषा जिल्लामा एक लाख ९३ हजार एक सय चार महिला, दुई लाख १६ हजार आठ सय ७५ पुरुष र ६ अन्य गरी चार लाख नौ हजार नौ सय ८५, रौतहटमा एक लाख ८५ हजार ४६ महिला, दुई लाख २२ हजार नौ सय ४५ पुरुष र एक अन्य गरी चार लाख सात हजार नौ सय ९२ मतदाता छन् ।

सिरहामा एक लाख ६९ हजार सात सय ७२ महिला, एक लाख ९४ हजार तीन सय ४३ पुरुष र दुई अन्य गरी कूल तीन लाख ६४ हजार एक सय १७ तथा पर्सामा एक लाख ५१ हजार आठ महिला, एक लाख ९४ हजार नौ सय चार पुरुष र १६ अन्य गरी तीन लाख ४५ हजार नौ सय २८ मतदाता छन् ।

आयोगका अनुसार देशभरि ८८ लाख ४७ हजार पाँच सय ७९ महिला, ९१ लाख ४० हजार आठ सय ६ पुरुष र एक सय ८५ अन्य गरी एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता रहेका छन् ।

निर्वाचन आयोगले गत स्थानीय तह निर्वाचनमा पनि निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेर मतदाता सूचीमा नाम भएका मतदातालाई मतदानमा सहभागी गराएको थियो । त्यसअघिका निर्वाचनमा निर्वाचनको मिति घोषणा भएको दिनसम्म १८ वर्ष पूरा भएका नागरिकलाई मात्र मतदानको व्यवस्था गरिँदै आएको थियो ।

स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएपछि आयोगले गत असार १ देखि मतदाता नामावली सङ्कलन सुरु गरेको थियो । सरकारले गत साउन १९ गते आगामी मङ्सिर ४ गतेका लागि देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।रासस