• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   नारायणगढ–बुटवल सडक: पाँच वर्षमा पचास प्रतिशत काम पूरा ★   ‘राष्ट्रसङ्घलाई सबल बनाउन नेपालको पूर्ण सहयोग रहन्छ’ ★   रारामा रिसोर्ट निर्माणका लागि सम्झौता हुनु खुसीको कुरा हो : प्रधानमन्त्री ★   बाढीको जोखिममा रहेका पच्चीस परिवारका लागि सुरक्षित आवास निर्माण गरिँदै ★   मिचेल मार्शको कप्तानीमा टी–२० विश्वकप खेल्ने अष्ट्रेलियाको टोली घोषणा ★   कानुन आवेगमा आउनु हुँदैन ★   सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा टेलिकमको नयाँ अफर ★   मर्यादित काम र श्रमिकको सम्मान गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान ★   कांग्रेस सदैव मजदुरका हकहितमा क्रियाशील छ : सभापति देउवा ★   श्रमिकको हितसँग जोडिएका नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक : राष्ट्रियसभा अध्यक्ष दाहाल

जुम्लामा पहिरोः एकै परिवारका पाँच जनाको मृत्यु, दुई बेपत्ता



सांकेतिक तस्बिर

काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ स्थित बाराकोटे बाडा भन्ने ठाउँमा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् ।

पहिरोमा पुरिएर गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार आज बिहान करिब ३–४ बजेतिर घरमाथि पहिरो खसेर उनीहरु पुरिएका थिए । यस्तै, उनीहरुका छिमेकी सुरेन्द्र हमाल र गणेश बहादुर शाही पहिरोमा बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ भने घटनास्थलबाट दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

घाइतेहरुमध्ये रामबहादुर हमालको अवस्था सामान्य र सरस्वती हमालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।