१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसले टुंग्यायो प्रतिनिधिसभाको उम्मेदवार (सूचीसहित)



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आगामी मंसिर ४ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन लड्ने १९ जना उम्मेदवार टुंग्याएको छ ।

शुक्रबार राति बसेको सत्तारुढ गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएपछि समाजवादीले पनि प्रतिनिधिसभा तर्फका आफ्ना उम्मेदवार टुंग्याएको हो ।

जसमा एकीकृत समाजवादीको भागमा २० सिट परेको थियो । नेकपा एसले २० सिट मध्ये १९ जना उम्मेदवार टुंग्याएको छ भने थप एक उम्मेदवार टुंगो लगाउन बाँकी छ ।

१. इलाम क्षेत्र न. १ – झलनाथ खनाल
२. उदयपुर क्षेत्र न.२ – जगन्नाथ खतिवडा
३. रौतहट क्षेत्र न. १ – माधवकुमार नेपाल
४. बारा क्षेत्र न.४ – कृष्णकुमार श्रेष्ठ (किसान)
५. काठमाडौं क्षेत्र न. ८-  जीवनराम श्रेष्ठ
६. ललितपुर क्षेत्र न. २ – कृष्णलाल महर्जन
७. धादिङ क्षेत्र न. १ – राजेन्द्रप्रसाद पाण्डे
८. मकवानपुर क्षेत्र न. २ – विरोध खतिवडा
९. कास्की क्षेत्र न. २ – श्रीनाथ बराल
१०. गुल्मी क्षेत्र न. २ – रामकुमारी झाँक्री
११. पाल्पा क्षेत्र न. २ – सोमप्रसाद पाण्डे
१२. रुपन्देही क्षेत्र न. २ – राजु गुरुङ
१३. दाङ क्षेत्र न. १ – मेटमणि चौधरी
१४.सल्यान – प्रकाश बुढाथोकी (ज्वाला)
१५. डोल्पा – धनबहादुर बुढा मगर
१६. दैलेख क्षेत्र न. १ – अम्बरबहादुर थापा
१७. अछाम क्षेत्र न. १ -शेरबहादुर कुवँर
१८. बझाङ – भानुभक्त जोशी
१९. डोटी – प्रेमबहादुर आले