२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीम रावलले टिकट पाएनन्, ताप्लेजुङमा योगेशको नाममा सहमति



अ+ अ-

काठमाडौं । नेकपा एमालेमा विद्रोही स्वर उच्च बनाउँदै आएका नेता भीम रावलले आगामी संघीय चुनावमा पार्टीका तर्फबाट टिकट नपाउने भएका छन् । स्रोतका अनुसार, अछाम–१ बाट झपट बोहोरालाई टिकट दिइएको छ ।

नेकपा माओवादी केन्द्र छोडेर आएका बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्जका रुपमा रहेका छन् । अध्यक्ष केपी शर्मा ओलीले तिनै बोहोरालाई उम्मेदवार बनाउने निर्णय सुनाएका हुन् ।

एमालेले टिकट वितरणको अधिकार अध्यक्ष ओलीलाई दिएको छ । त्यसै अनुसार, ओलीले टिकट फाइनल गरेका हुन् ।

अछाम जिल्ला कमिटीले भने भीम रावललाई सर्वसम्मत एकल सिफारिस गरेको थियो ।

यसैबीच, अर्का विद्रोही नेता योगेश भट्टराईलाई ताप्लेजुङबाट उठाइने भएको छ । उनको नाममा अध्यक्ष ओलीले सहमति जनाएका थिए ।

२०७४ मा वाम गठबन्धनको तर्फबाट चुनाव जितेका भट्टराईसँगै तिलकुमार मेनेङ्बो पनि यसपटक आकांक्षी थिए । मेनेङ्बोलाई प्रदेशसभामा राखेर योगेशलाई प्रतिनिधिसभा सदस्यको टिकट दिइएको छ ।

 




भर्खरै