१४ मंसिर २०८१, शुक्रबार
,
Latest
जनकपुर बोल्ट्सको डेकोर पार्टनरमा नेपोभिट टायल्स ‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्‍याउनेलाई कारबाही’ काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा पाँच टोली ढुक्क हुनुहोस्, सरकार तीन वर्ष तलमाथि हुँदैनः मन्त्री गुरूङ प्रधानमन्त्री ओलीको चीन भ्रमणतालिकामा के–के छन् ? लिलाबल्लभसँगै मानव तस्करीको आरोप लागेका तीन जनालाई थुनामा पठाउने आदेश जयकृष्ण गोइतले आर्थिक सहयोग गर्न धम्की दिएको मधेस प्रदेशका गृहमन्त्री लेखीको गुनासो नेपाल जस्ता मुलुकहरु जलवायु ऋणको जोखिममा पर्ने सम्भावना छः जलवायु वित्त विज्ञ पण्डित प्रधानसेनापतिद्वारा रथी केसीलाई दज्र्यानी चिन्ह प्रदान जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता



अ+ अ-

प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवम् प्रहरी निरीक्षक सुशिल थापा मगरका अनुसार पहिरोमा पुरिएर ६० वर्षीय बमबहादुर राहु मगर र उनकी श्रीमती (नाम नखुलेको), १८ वर्षीया मौसमी थापा, ६० वर्षीय हिराबहादुर थापा, चार वर्षीय सुसान थापा र २१ वर्षीय टेकी राहु मगर बेपत्ता भएका छन् ।

दिउँसो साढे तीन बजे घटना घटे लगत्तै सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र प्रहरी नायव उपरीक्षक सुवाश खड्कासहितको टोली घट्नास्थलतर्फ गएको प्रवक्ता थापा मगरले जानकारी दिनुभयो । “अत्यधिक वर्षाका कारण जताततै पहिराले सडक अवरुद्ध भएको छ, टोली बाटोमै थन्किएको छ”, उहाँले भन्नुभयो ।

इलाका प्रहरी कार्यालय विजुवारबाट प्रहरी निरीक्षक दिपेन्द्र वानियाको नेतृत्वमा सात जना तथा सशस्त्र प्रहरी आश्रित गुल्म विजुवारबाट प्रहरी नायव निरीक्षक ऋषिराम बस्नेतको नेतृत्वमा १० जनाको टोली घट्नास्थलमा गएको छ । पहिरो गएको ठाउँ सदरमुकामबाट २४ किलोमिटर टाढा पर्छ । “सडक खुलाउन समय लाग्ने भएकाले प्रहरी टोली पैदल नै घटनास्थलतर्फ जाँदै छ”, प्रवक्ता थापा मगरले भन्नुभयो ।