काठमाडौं । नाबालिक बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय किक्रेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले प्रहरी सामु आत्मसमर्पण गरेका छन् ।
कतार एअरवेजको जहाजबाट नेपाल आएका लामिछानेले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी सामु आत्मसमर्पण गरेका हुन् । प्रहरीको नियन्त्रणमा रहेका लामिछानेलाई गौशाला प्रहरी वृतमा लगिएको छ ।
एक १७ वर्षीया एक किशोरीले लामिछानेविरुद्ध भदौ २१ मा जबर्जस्ती करणीको कसुरमा गौसाला प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।