• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना

प्रचण्ड चितवन ३ नउठ्ने ,डराएर हिडेको सन्देश जाने



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आगामी चुनावमा चितवन–३ बाट नलड्ने हुनु भएको छ ।

वाईसीएलका केन्द्रीय कोषाध्यक्ष एबं प्रचण्डकै निर्वाचन क्षेत्रका चितवन (३ का नेता सन्तोष पनेरुले प्रचण्ड चितवनबाट चुनाव नलड्ने सार्वजनिक गर्नुभएको हो ।

पनेरुले सामाजिक संञ्जालमा लेख्नु भएको छ-

अन्तत: चितवन र ३ नं निर्वाचन क्षेत्रको बिकासको बिशाल संभावना माथि गम्भिर संकट आयो !

देशका र बाहिरका परिवर्तन बिरोधिका हजार षडयन्त्रका कारण क्रान्तिकारी नेतृत्व अन्यत्र जानु पर्ने परिस्थिति सिर्जना हुदैछं ।

तर, चितवन,र ३ नं क्षेत्र माथिको यो क्षति को भर्पाई सायद कहिल्यै हुदैन् ।ज-जसका कारण यस्तो भयो, ति राम्रै संग पछुताउनु पर्ने छ ।यसको असर चितवनको गठबन्धन र ३ वटै निर्वाचन क्षेत्रमा निश्चित रुपमा पर्ने छ ।

समय अझै बाकि छ, कांग्रेस, समाजबादी र माओबादी का अगुवाहरु र सहकर्मी युवा साथिहरुलाइ अपिल छ, आफ्ना ठाउंहरुमा गम्भिर छलफल चलाउनुहोस् !

पढ्नुहोस यो पनि- चितवन–३ बाट नै चुनाव लड्छु ,दायाँबायाँ सोच्ने कुरा नै छैन: प्रचण्ड 

यस अघि भाद्र २४ गते पोखरामा पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रममा ‘प्रचण्ड’ले आगामी चुनावमा चितवन–३ बाट नै उठ्ने बताउनु भएको थियो । उहाँले भन्नुभएको थियो चितवन–३ बाट नै उठ्छु चितवन छाड्दा डराएर हिँडेको जस्तो हुन्छ त्यसैले दायाँबायाँ सोच्ने कुरा नै हुदैन ।