२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा नव कन्याको पूजा (फोटो फिचर/भिडियोसहित)



अ+ अ-

राष्ट्रपति विद्यादेवी भण्डारी महानवमीका अवसरमा मङ्गलबार राष्ट्रपति भवन, शीतल निवासमा नवकन्याको पूजापश्चात सामूहिक तस्बिरमा । तस्बिर: विष्णुप्रसाद घिमिरे-रासस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैंको नवौं दिन महानवमीमा नव दुर्गादेवीको पूजा आराधाना गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले शीतल निवासमा बोलाएर वैदिक विधि अनुसार नेपाल बाल मन्दिरमा नौं जना कन्याहरुलाई दक्षिणसहित टीका लगाएर नव दूर्गादेवीको पूजा आराधना गर्नु भएको हो । यसैक्रममा उहाँले ती कन्याहरुलाई लत्ताकपडा समेत उपहार दिनु भएको थियो ।

कन्याहरुकाे  गोडा धुनेक्रममा राष्ट्रपति भण्डारीले बेलुका सुत्नुअघि सधैं खुट्टा धोएर सुत्नु पनि आग्रह गर्नु भएको थियो । त्यस अवसरमा ‘रातो टीका निधारमा…’ र ‘फेरी कहाँ आउँछ घुमेर बालपनको उमेर’ बोलको गीतमा कन्याहरुले सामूहिक नृत्य प्रस्तुत गरेका थिए भने राष्ट्रपति भण्डारीले त्यसलाई रुचिपूर्वक अवलोकन गर्नु भएको थियो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले ती कन्याहरुसँग सामूहिक तस्वीर समेत खिचाउनु भएको थियो । उहाँले गत वर्ष पनि वडा दशैंको महानवमीको दिन नौं जना कन्याहरुलाई बोलाएर नव दुर्गा देवीको पूजा आराधना गर्नु भएको थियो । भोली (बुधबार) बडा दशैंको दशौं दिन विजया दशमी पर्व मनाईदैछ । यस बर्ष बडा दशैंको टीकाको साईत बिहान ११ बजेर ५१ मिनेटमा छ ।