३ पुष २०८२, बिहीबार
,
Latest
नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले मुन्दुम पदमार्ग क्षेत्रमा पदमार्ग निर्माण विद्यालय बस चालकलाई ट्राफिक सचेतना कक्षा जाडो बढेसँगै हिमालीबाट तल झर्ने बढे चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक नेपालमै पहिलो ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी सभापति रविको रिहाइले मुलुकको राजनीतिकवृत्तमा उर्जा संचार गरेको छ: डोलप्रसाद अर्याल मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटः नेपाललाई छैटौं सफलता



अ+ अ-

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट एको सेमिफाइनलमा नेपाल र युएईबीचको खेल जारी छ । 

ओमानको अल अमेरात मैदानमा जारी खेलमा युएईले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । 

खेलमा नेपालले ६ विकेट लिएको छ । 

नेपालका लागि जितेन्द्र मुखियाले पहिलो विकेट लिएका हुन् । उनले युएईका चिराग सुरीलाई बोल्ड आउट गरे । सुरी ५ बलमा ४ रन बनाउँदै पेभिलियन फर्किए । 

यस्तै दोस्रो विकेट सन्दीप लामिछानेले लिएका हुन् । उत्कृष्ट लयमा रहेका युएईका भृत्य अरवीन्दलाई सन्दीपले आउट गराएका हुन् । अरवीन्दले २३ बलमा ४६ रन जोडे । 

नेपालका लागि तेस्रो तथा चौंथो विकेट अविनाश बोहराले लिए । उनले मुहम्मद उसमान र मुहम्मद वशीमको विकेट लिएका हुन् । उसमान २४ बलमा १७ रन जोड्दै आउट भए भने वशीम ४८ बलमा ७० रन जोड्दै आउट भए । वशीमले ४ चौका र ४ छक्का प्रहार गरे । 

यस्तै युएईको पाँचौं विकेटको रुपमा जितेन्द्र मुखियाले बसील हमीदलाई आउट गराए । हमीद ३ बलमा २ रन जोड्दै पेभिलियन फर्किए । यस्तै छैटौं विकेट पनि जितेन्द्रले नै लिए । उनले जवर फरिदको विकेट गिराए । फरिद ४ बलमा ११ रन जोडेर आउट भए । 

यो समाचार तयार पार्दासम्म युएईले १८.१ ओभरमा ६ विकेटको क्षतिमा १५७ रन जोडेको छ ।