• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

गायक देवेन्द्र बब्लुको ‘दिल दुखो’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । गायक देवेन्द्र बब्लुको ‘दिल दुखो’ बोलको गीत सार्वजनिक भएको छ । ‘मुसुक्क हाँस’, ‘एक्लै जान सक्छौ र ?’, ‘भेटै हुन्न कि’ जस्ता सर्वाधिक रुचाईएको गीतहरुका गायक देवेन्द्र बब्लुले आफ्नो नयाँ गीत  ‘दिल दुखो’ सार्वजनिक गरेका हुन् ।

गीतमा शब्द, संगीत र स्वर पनि देवेन्द्रकै रहेको छ । भिडियोमा देवेन्द्र, विशाल घिमिरे, जेरी भण्डारी, अमर रावल, सुनिल वि.कको अभिनय रहेको छ । अनिल के. मानन्धरले खिचेको भिडियोलाई डिन्सन शाहले सम्पादन गरेका हुन् ।

गीतको भिडियोमा धर्मका कारण प्रेमीकासँग छुट्टिएपछि प्रेमीको कथालाई प्रस्तुत गरिएको छ ।