• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइयो(फोटो फिचर/भिडियोसहित)



काठमाडौ । हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइएको छ ।

आईतवार नेपालीहरुको महान चाड बडा दशैँ अन्तर्गत फूलपातीको अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइएको हो ।

गोरखा दरबारबाट पठाइएको फूलपाती साईतअनुसार गोरखा र हनुमान ढोका दरबारबा पुजारीसहित आईतवार साँझ दशैँ घरमा भित्र्याइएको हो । गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ ।

फूलपातीको अवसरमा नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतको उपस्थितिमा फूलपाती बढाइँसमेत गरेको थियो । बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेका थिए ।

सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र षट्कोण चिन्हबाट बढाइँ प्रश्तुत गरिएको थियो ।