• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

गायक सुरज कुमार थापा र गायिका विनिता प्रधानको ‘मन मनमा नेपाली’ सार्वजनिक (भिडियो सहित)



काठमाडौं । गायक सुरज कुमार थापा र गायिका विनिता प्रधानको मन मनमा नेपाली बोलको गीत सार्वजनिक भएको छ । गीतको शब्द पुरुषोत्तम ढकालको रहेको छ भने गीतमा संगित र अरेन्ज सुरज कुमार थापाको रहेको छ । 

गीतको भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन भने  धिरेन शाक्य र रिना थापा मगर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

शदिस जोशीले सम्पादन गरेको म्युजिक भिडियोको कोरियोग्राफर भने भागीरथ गहा मगरले गरेका हुन् भने दिपक जोशीले छायाकंन गरेका हुन्  । उक्त गीतलाई म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।