२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतिको हानिकरक छ रुसमा पत्ता लागेको कोरोनाजस्तै नयाँ भाइरस ?



अ+ अ-

एजेन्सी । रुसमा चमेरोमा कोरोना जस्तै नयाँ भाइरसको पुष्टि भएको छ । यसको नाम खोस्ता–२ हो । वैज्ञानिकहरुका अनुसार यो मानिसमा संक्रमण गर्न सक्षम छ ।

हाल उपलब्ध कोरोना भ्याक्सिन यसको विरुद्ध प्रभावकारी छैन । तर, अहिलेसम्म कसैमा पनि यसको संक्रमण पुष्टि भएको छैन ।

प्लोस प्याथोजेन्स जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार तपाईंले कोभिड भ्याक्सिनको एक डोज लिनुभएको छ र तपाईंको शरीरमा कोरोनाविरुद्ध एन्टिबडी भए पनि तपाईं खोस्ता-२ संक्रमणबाट बच्न सक्नुहुन्न ।

यो भाइरस पहिलो पटक सन् २०२० मा पत्ता लागेको थियो । तर, त्यसबेला अनुसन्धानकर्ताहरूले सोचेका थिए कि यसले मानिसलाई हानि गर्दैन । तर, अहिले नयाँ अनुसन्धानले यो भाइरस विश्वका लागि नयाँ खतरा बन्न सक्ने देखाएको छ ।

कोभिड–१९ रोग फैलाउने सार्स–कोभ–२ स्ट्रेन एक प्रकारको कोरोना भाइरस हो, त्यसैगरी खोस्टा–२ पनि कोरोना भाइरसको एक प्रकार हो । टाइम म्यागजिनको रिपोर्टका अनुसार खोस्ता–२ जस्तै खोस्ता–१ भाइरस पनि छ तर यसले मानिसमा संक्रमण गर्दैन ।

खोस्ता–२ भाइरस अहिले चमेरा, प्याङ्गोलिन, र्‍याकुन डग र सिभेटजस्ता जंगली जनावर तथा चराचुरुङ्गीमा फैलिरहेको छ । अध्ययनमा संलग्न माइकल लेट्को भन्छन् कि नयाँ भाइरसले भविष्यमा महामारीको रूप लिन सक्छ । यसबाहेक यदि यो कोरोनासँग मिसियो भने यसको संक्रमण खतरनाक साबित हुन सक्छ । तर, दुवै भाइरस लाग्ने सम्भावना निकै कम हुन्छ ।