२० मंसिर २०८२, शनिबार
,
Latest
विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियामा फुटबल खेलका क्रममा दंगामा भागदौड हुँदा १२७ को मृत्यु, १८० बढी घाइते



अ+ अ-

एजेन्सी । इन्डोनेसियामा फुटबल खेलका क्रममा भागदौड हुँदा कम्तीमा १२७ जनाको मृत्यु भएको छ । यस घटनामा १८० जना घाइते भएका छन् ।

घटना पूर्वी जाभाको मलङ रिजेन्सीस्थित कन्जुरुहान स्टेडियममा शनिबार राति भएको हो । रोयटर्सका अनुसार इन्डोनेसियाको शीर्ष लिग बीआरआई लिग १ को फुटबल खेल चलिरहेको थियो ।

इन्डोनेसियाको कान्जुरुहान रंगशालामा अरेमा एफसी र पर्सेबाया सुराबायाबीचको खेल चलिरहेको थियो । पर्साबायाको टोली पराजित भयो । खेल हारेको टोलीका समर्थकले पिचमाथि आक्रमण गरेका थिए । आक्रमण रोक्न प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको थियो, जसका कारण भागदौड भएको थियो ।

घटनामा १२७ जनाको ज्यान गएको प्रहरीले जनाएको छ, जसमध्ये दुई प्रहरी अधिकारी छन् । ३४ जनाको स्टेडियम भित्र घटनास्थलमै र बाँकी अस्पतालमा मृत्यु भएको थियो ।

इन्डोनेसियाको फुटबल संघ (पिएसएसआई) ले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ । खेलपछि के भयो छानबिन गरिने र त्यसका लागि टोली मलङ प्रस्थान गरेको जनाएको छ ।