२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिङको आकर्षण घट्यो



अ+ अ-

सिन्धुपाल्चोक । नेपालीको महान् चाड विजयादशमी तथा दिपावलीमा पिङ खेलेर मज्जा लिनुको आनन्द छुट्टै छ । तर केही वर्षयतादेखि सिन्धुपाल्चोकका गाउँघरमा पिङ कमै देख्न पाइन्छ ।

विजयादशमीको टीकाको दिन एकपल्ट भए पनि शरीरले जमिन छाड्नुपर्ने प्रचलनअनुरूप हरेक नेपालीले पिङ खेल्ने गरेको भए पनि यो प्रचलन हराउँदै जान थालेको छ । नेपाली संस्कृतिको उदाहरणका रूपमा समेत लिइने पिङ विगत वर्षमा हरेक टोल र गाउँ–गाउँमा हालिने गरेकामा यस वर्ष केही स्थानमा मात्रै सीमित रहेको छ ।

वर्षको एकपल्ट मात्रै हालिने पिङ खेलेर दसैं लाई रमाइलो गर्न थोरै स्थानमा पिङ हालिएको भए पनि त्यस स्थानमा पुगेर खेल्नेको सङ्ख्या भने धेरै रहेको ज्यामिरेका कृष्णबहादुर कार्कीले बताउनुभयो । दसैंमा पिङ खेल्न पाइएन भने मज्जा नै नआउने उहाँ बताउनुहुन्छ । कृष्णबहादुरजस्तै पिङ खेलेर मज्जा लिनेहरू गाउँमा धेरै भए पनि पिङ भने कमैमात्र देखिन थालेका छन् ।

आफ्नो परम्परा र दसैँलाई खुशीसाथ मनाउनका लागि पिङको ठूलो महत्व रहेको मेलम्ची नगरपालिका–९ का वडाध्यक्ष किरणदीप खड्काले बताउनुभयो । तर विगतका वर्षमा भन्दा पिङको सङ्ख्या घटेकामा उहाँ चिन्तित हुनुहुन्छ ।

केही वर्ष अघिसम्म टोल र गाउँभरिका बासिन्दा जम्मा भएर दोहोरी गीत गाउँदै रातभर जाग्राम बसेर पिङ खेल्ने गरेको ज्यामिरेकै भीमसेन विष्ट बताउनुहुन्छ । रातभर जाग्राम बसेर पिङ खेल्दा छुट्टै मज्जा हुने गरेको बताउँदै विष्ट अहिले गाउँघरमा पिङ विरलै देख्न पाइएको बताउनुहुन्छ । पहिला–पहिला पिङ खेलेर रमाइलो गर्दै दसैँ मनाउनेहरू अहिले तास, लङ्गुरबुर्जालगायत खेलेर समय कटाउने गरेका छन् । रासस