२० मंसिर २०८२, शनिबार
,
Latest
अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिङको आकर्षण घट्यो



अ+ अ-

सिन्धुपाल्चोक । नेपालीको महान् चाड विजयादशमी तथा दिपावलीमा पिङ खेलेर मज्जा लिनुको आनन्द छुट्टै छ । तर केही वर्षयतादेखि सिन्धुपाल्चोकका गाउँघरमा पिङ कमै देख्न पाइन्छ ।

विजयादशमीको टीकाको दिन एकपल्ट भए पनि शरीरले जमिन छाड्नुपर्ने प्रचलनअनुरूप हरेक नेपालीले पिङ खेल्ने गरेको भए पनि यो प्रचलन हराउँदै जान थालेको छ । नेपाली संस्कृतिको उदाहरणका रूपमा समेत लिइने पिङ विगत वर्षमा हरेक टोल र गाउँ–गाउँमा हालिने गरेकामा यस वर्ष केही स्थानमा मात्रै सीमित रहेको छ ।

वर्षको एकपल्ट मात्रै हालिने पिङ खेलेर दसैं लाई रमाइलो गर्न थोरै स्थानमा पिङ हालिएको भए पनि त्यस स्थानमा पुगेर खेल्नेको सङ्ख्या भने धेरै रहेको ज्यामिरेका कृष्णबहादुर कार्कीले बताउनुभयो । दसैंमा पिङ खेल्न पाइएन भने मज्जा नै नआउने उहाँ बताउनुहुन्छ । कृष्णबहादुरजस्तै पिङ खेलेर मज्जा लिनेहरू गाउँमा धेरै भए पनि पिङ भने कमैमात्र देखिन थालेका छन् ।

आफ्नो परम्परा र दसैँलाई खुशीसाथ मनाउनका लागि पिङको ठूलो महत्व रहेको मेलम्ची नगरपालिका–९ का वडाध्यक्ष किरणदीप खड्काले बताउनुभयो । तर विगतका वर्षमा भन्दा पिङको सङ्ख्या घटेकामा उहाँ चिन्तित हुनुहुन्छ ।

केही वर्ष अघिसम्म टोल र गाउँभरिका बासिन्दा जम्मा भएर दोहोरी गीत गाउँदै रातभर जाग्राम बसेर पिङ खेल्ने गरेको ज्यामिरेकै भीमसेन विष्ट बताउनुहुन्छ । रातभर जाग्राम बसेर पिङ खेल्दा छुट्टै मज्जा हुने गरेको बताउँदै विष्ट अहिले गाउँघरमा पिङ विरलै देख्न पाइएको बताउनुहुन्छ । पहिला–पहिला पिङ खेलेर रमाइलो गर्दै दसैँ मनाउनेहरू अहिले तास, लङ्गुरबुर्जालगायत खेलेर समय कटाउने गरेका छन् । रासस