१२ आश्विन २०८१, शनिबार
,
Latest
एन्फा एकेडेमीका छ विद्यार्थी पहिरोमा पुरिएको आशङ्का अविरल वर्षासँगैको बाढी र डुबानले काठमाडौं जलमग्न – फोटोफिचर नख्खुमा चारजना बगाएकोबारे गृहमन्त्रीले भने – हेलिकप्टरको प्रयोग भिजिबिलिटीका कारणले सम्भव भएन अविरल वर्षाः ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह डुबानमा फसेका व्यक्तिहरुको उद्धार-फोटो फिचर कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

हराउदै हाप्सिलो -फोटो फिचर



अ+ अ-

हाप्सिलो वा हुचिल लाटोकोसेरोको एक प्रजाति हो जुन यूरेशियाको धेरै भागमा बस्छ। यसलाई उहु पनि भनिन्छ । यो लोटोकोसेरोको सबैभन्दा ठूलो प्रजातिहरू मध्ये एक हो ।

पोथी हाप्सिलो १८८ सेमी पखेटाका साथ ७५ सेमी लम्बाइसम्म बढ्न सक्छ । भाले हाप्सिलो पोथीको तुलनामा थोरै सानो हुन्छ । यो चराको कानको गुच्छा विशिष्ट प्रकारको हुन्छ जसको माथिल्लो भाग गाढा कालो र पहेँलो रङको हुन्छ ।

हुचिल वा हाप्सिलोलाई कृषकको साथीको रुपमा पनि मानिन्छ । यसले हाम्रा वरिपरि पाइने कतिपय हानिकारक किराफट्यांग्रा, साना जीव र मुसाहरुलाई आहार बनाई पारिस्थितिक प्रणाली सन्तुलित राख्न र सनातन खाद्यचक्रलाई गतिशील बनाउन महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको हुन्छ । यो चराले कुखुरा, परेवा र बिरोलोसमेत मारेर खान्छ ।

राति बढी सक्रिय हुने मांसहारी यो चरालाई वातावरणीय सन्तुलनको सूचकका रूपमा पनि हेरिन्छ । हुचिललाई पर्यावरणीय दृष्टिले मात्र नभई सांस्कृतिक र ऐतिहासिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ ।

संसारका धेरै सभ्यताहरूमा हुचिलले अन्धकारमा देख्ने शक्तिको अज्ञानता चिर्ने विद्धता र ज्ञानको प्रतिनिधित्व गर्दछ । हिन्दु संस्कृतिमा यसको स्थान सम्मानजनक छ । धनकी देवी लक्ष्मीको वाहनको रुपमा यसलाई पुजिन्छ ।

विश्वमा पाइने २२५ प्रजातिका लाटोकोसेरोहरु मध्ये नेपालमा २३ प्रजातिका लाटोकोसेरो पाइन्छन् । तीमध्ये एक प्रजाति त नेपालबाटै लोप भैसकेको अनुमान गरिएको छ । अन्नपूर्ण क्षेत्रमा यसका १६ प्रजाति फेला परेको बताइएको छ ।

वातावरणीय, धार्मिक र सांस्कृतिक महत्व यो चरा अहिले विशेषगरी तस्करी र अवैध व्यापारका कारण संकटमा परिरहेको छ । नेपालमा चराहरूको अवैध व्यापारमध्ये लाटोकोसेरोको व्यापार सबैभन्दा बढी भएको पाइन्छ ।

नेपालबाट कम्तिमा बर्सेनि दुई हजार लाटोकोसेरो अवैधरुपमा विदेशमा चोरी निकासी हुने र सयौँको संख्यामा मारिने गर्छन् । औषधी र झारफुकका नाममा यसको तस्करी हुनेगरेको बताइन्छ ।

अवैध व्यापारको मारमा परी नेपालका ठूला खाले लाटोकोसेरो हुचिल, हाप्सिलो संकटापन्न अवस्थामा पुगेका छन् । कानुनीरुपमा प्रतिबन्धिन यी चराको व्यापार वा शिकार गरेको पाइएमा २५ देखि ५० हजारसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल पन्छी संरक्षण संघले संयुक्त रूपमा केही वर्षअघि प्रकाशित गरेको नेपालका चराहरूको अवस्था प्रतिवेदनअनुसार ८ प्रजातिका लाटोकोसेराहरु राष्ट्रियरुपमा संकटापन्न अवस्थामा छन् ।

फोटो-नविन लामिछाने