२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

हराउदै हाप्सिलो -फोटो फिचर

हराउदै हाप्सिलो -फोटो फिचर
अ अ+ अ-

हाप्सिलो वा हुचिल लाटोकोसेरोको एक प्रजाति हो जुन यूरेशियाको धेरै भागमा बस्छ। यसलाई उहु पनि भनिन्छ । यो लोटोकोसेरोको सबैभन्दा ठूलो प्रजातिहरू मध्ये एक हो ।

पोथी हाप्सिलो १८८ सेमी पखेटाका साथ ७५ सेमी लम्बाइसम्म बढ्न सक्छ । भाले हाप्सिलो पोथीको तुलनामा थोरै सानो हुन्छ । यो चराको कानको गुच्छा विशिष्ट प्रकारको हुन्छ जसको माथिल्लो भाग गाढा कालो र पहेँलो रङको हुन्छ ।

हुचिल वा हाप्सिलोलाई कृषकको साथीको रुपमा पनि मानिन्छ । यसले हाम्रा वरिपरि पाइने कतिपय हानिकारक किराफट्यांग्रा, साना जीव र मुसाहरुलाई आहार बनाई पारिस्थितिक प्रणाली सन्तुलित राख्न र सनातन खाद्यचक्रलाई गतिशील बनाउन महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको हुन्छ । यो चराले कुखुरा, परेवा र बिरोलोसमेत मारेर खान्छ ।

राति बढी सक्रिय हुने मांसहारी यो चरालाई वातावरणीय सन्तुलनको सूचकका रूपमा पनि हेरिन्छ । हुचिललाई पर्यावरणीय दृष्टिले मात्र नभई सांस्कृतिक र ऐतिहासिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ ।

संसारका धेरै सभ्यताहरूमा हुचिलले अन्धकारमा देख्ने शक्तिको अज्ञानता चिर्ने विद्धता र ज्ञानको प्रतिनिधित्व गर्दछ । हिन्दु संस्कृतिमा यसको स्थान सम्मानजनक छ । धनकी देवी लक्ष्मीको वाहनको रुपमा यसलाई पुजिन्छ ।

विश्वमा पाइने २२५ प्रजातिका लाटोकोसेरोहरु मध्ये नेपालमा २३ प्रजातिका लाटोकोसेरो पाइन्छन् । तीमध्ये एक प्रजाति त नेपालबाटै लोप भैसकेको अनुमान गरिएको छ । अन्नपूर्ण क्षेत्रमा यसका १६ प्रजाति फेला परेको बताइएको छ ।

वातावरणीय, धार्मिक र सांस्कृतिक महत्व यो चरा अहिले विशेषगरी तस्करी र अवैध व्यापारका कारण संकटमा परिरहेको छ । नेपालमा चराहरूको अवैध व्यापारमध्ये लाटोकोसेरोको व्यापार सबैभन्दा बढी भएको पाइन्छ ।

नेपालबाट कम्तिमा बर्सेनि दुई हजार लाटोकोसेरो अवैधरुपमा विदेशमा चोरी निकासी हुने र सयौँको संख्यामा मारिने गर्छन् । औषधी र झारफुकका नाममा यसको तस्करी हुनेगरेको बताइन्छ ।

अवैध व्यापारको मारमा परी नेपालका ठूला खाले लाटोकोसेरो हुचिल, हाप्सिलो संकटापन्न अवस्थामा पुगेका छन् । कानुनीरुपमा प्रतिबन्धिन यी चराको व्यापार वा शिकार गरेको पाइएमा २५ देखि ५० हजारसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल पन्छी संरक्षण संघले संयुक्त रूपमा केही वर्षअघि प्रकाशित गरेको नेपालका चराहरूको अवस्था प्रतिवेदनअनुसार ८ प्रजातिका लाटोकोसेराहरु राष्ट्रियरुपमा संकटापन्न अवस्थामा छन् ।

फोटो-नविन लामिछाने