काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । दिउँसो १ बजे संसद भवनमा बस्ने प्रतिनिधि सभाको बैठकमा विभिन्न कार्यसूचीहरू रहेका छन् ।
बैठकमा “रेल्वे विधेयक, २०७६” सम्बन्धी राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले टेबुल गर्ने कार्यसूची रहेको छ ।
यस्तै “प्रत्यायन (एक्रिडिटेशनं) विधेयक, २०७६” पनि आजै प्रतिनिधि सभामा टेबुल गर्ने कार्यसूची रहेको छ ।