२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य र प्रदेशसभा सदस्यसहित नेता तथा कार्यकर्ता नेकपा (एमाले) प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आयोजित कार्यक्रममा समाजवादीका केन्द्रीय सदस्य तथा मधेश प्रदेश प्रमुख सचेतक सुन्दर विश्वकर्मा, प्रदेशसभा सदस्य सीता गुरुङ, सुरेश यादवलगायत नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता तथा कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन् ।

एमाले प्रवेश गर्ने सबै नेता तथा कार्यकर्तालाई एमाले अध्यक्ष ओलीले टीका तथा खादा लगाई स्वागत गर्नुभएको थियो ।