२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज यी नदीहरूमा पानीको बहाव बढ्ने



अ+ अ-

काठमाडौं । मौसम विभागले आज कोशीका सहायक नदीहरु तमोर, अरुण, दुधकोशी, मेलम्ची, इन्द्रावती, सुनकोशीमा पानीको बहाव बढ्ने जनाएको छ ।

विभागले मझौला नदीहरु कन्काई, बागमती, पूर्वी राप्ती र तिनाउमा पनि बहाव बढ्ने जनाएको छ । 

विशेषगरी कमलामा बहाव उल्लेख्य बढ्ने र सतर्कता तह पार गर्न सक्ने पूर्वानुमान रहेको विभागको भनाइ छ ।

विभागले उक्त नदीहरुका  तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरेको छ।