२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठकः अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्धार गर्ने निर्णय



अ+ अ-

काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ ।

सोमबार विहान बसेको मन्त्रिपरिषद्को बैठकले नेपालीहरुको शीघ्र उद्धार गर्ने निर्णय गरेको हो । 

अफगानिस्तानमा विद्रोही समूह तालिबानले नियन्त्रणमा लिएपछि राजधानी काबुलमा भयको वातावरण बनेको छ । विमानस्थलमा काबुल छाड्न चाहनेहरुको चाप बढेको छ ।

यस्तै बैठकले बेलायतको लन्डनमा जारी भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको आमरण अनसनलगायतका विरोधमा कार्यक्रम फिर्ता लिन पनि आह्वान गरेको छ ।

उनीहरूका माग कूटनीतिक पहलमार्फत् सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै आमरण अनसनसहितको विरोधको कार्यक्रम फिर्ता लिन आह्वान गरिएको हो ।