काठमाडौं । प्रदेश २ को नयाँ प्रदेश प्रमुख महोत्तरीका हरिशंकर मिश्रलाई बनाउने निर्णय सरकारले गरेको छ । सरकारले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका राजेश अहिराजलाई पदमुक्त गरेर प्रदेश नम्बर २ को नयाँ प्रदेश प्रमुख मिश्रलाई बनाउने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो।
कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वसांसद मिश्रलाई प्रदेश २ को नयाँ प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरिएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।