१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर

युएईसँग नेपाल ६८ रनले पराजित, सकियो सपना

युएईसँग नेपाल ६८ रनले पराजित, सकियो सपना
अ अ+ अ-

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट एको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको छ । 

१७६ रनको लक्ष्यको जवाफी ब्याटिङमा उत्रिएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्र जोड्यो । 

नेपालका दिपेन्द्र सिंह ऐरीले ३८ बलमा ३८ रन, ज्ञानेन्द्र मल्लले १६ बलमा २० रन र आरिफ शेखले १२ बलमा ११ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । 

युएईका अहमेद राजाले ५, जुनेद सिद्धीकीले ३ विकेट लिँदा जहुर खान र रोहन मुस्तफाले १–१ विकेट लिए । 

त्यसअघि युएईले २० ओभरमा ७ विकेटको क्षतिमा १७५ रन जोड्यो । 

युएईका लागि मुहम्मद वशीमले ४८ बलमा ७० रनको योगदानी दिए । यस्तै, भृत्य अरवीन्दले २३ बलमा ४६ रन जोडे । यस्तै, मुहम्मद गशमानले २४ बलमा १७ रन जोडे भने अवार फरिदले ४ बलमा ११ रन जोडे । 

नेपालका लागि जितेन्द्र मुखिया र अविनाश बोहराले ३ विकेट लिँदा सन्दीप लामिछानेले १ विकेट लिए । 

ओमानको अल अमेरात मैदानमा भएको सेमिफाइनलमा युएईसँग ६८ पराजित भएसँगै नेपाल विश्वकपमा छनोट हुन चुक्यो । 

नेपालले युएईलाई परजित गरेको खण्डमा नेपाल विश्वकपमा छनोट हुने थियो । योसँगै युएईले अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा स्थान बनाएको छ ।