९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली मूलकी अमेरिकी किशोरी परिजिता बाँस्तोलाको ‘मास्टरफुल’ ब्लाइन्ड अडिसनबाट ‘द भ्वाइस’ जजहरू छक्क



अ+ अ-

मङ्गलबार राति अर्थात नेपाली समयअनुसार आज बिहान प्रसारण भएको ब्लाइन्ड अडिसनमा नेपाली मूलकी किशोरी परिजिता बास्तोलाले गायन रियालिटी शो द भ्वाइसको अमेरिकी संस्करणमा चारै जना जजहरूलाई आफ्नो कुर्सी घुमाउन बाध्य पारेकी छन् ।

उनले आफ्नो अन्तिम एक प्रशिक्षकलाई छनोट गर्दा बाँकी तीनजनालाई धेरै ‘इर्ष्यालु’ बनाइन् । १७ वर्षीय महत्वाकांक्षी गायिका परिजिताले ल्याब्रिन्थको २०१६ को गीत ‘जेलस’ गीत गाएर अडिसन दिएकी थिइन् ।

गीत सुरु भएको केही क्षणमै जोन लेजेन्डले तुरुन्तै आफ्नो कुर्सी घुमाएका थिए । त्यसपछि रुकी कोच क्यामिला काबेलो र ग्वेन स्टेफानीले कुर्सी घुमाएका थिए भने गीतको अन्त्यमा ब्लेक शेल्टन फर्केका थिए ।

“यो सायद मेरो मनपर्ने गीत थियो जुन अहिलेसम्म कसैले गाएको छ र तपाईंले गर्ने तरिका निपुण थियो”, काबेलोले परिजितालाई भनिन्, “मेरो पूरै शरीरमा गुसबम्पहरू थिए। त्यो सास नियन्त्रण र ती नोट विस्तारबाट म प्रभावित भएँ ।”

त्यसपछि काबेलोले स्टेफानीलाई औँल्याउँदै भनिन्, “मलाई लाग्छ जब उनले त्यो एउटा पागल नोट छानिन् हामी दुवै एकै समयमा फर्कियौँ ।”

स्टेफानीले परिजितालाई यति प्राकृतिक र धेरै अद्वितीय भएकोमा प्रशंसा गरिन्। “तपाईं आफ्नो हृदयको सम्पर्कमा हुनुहुन्छ, यो अविश्वसनीय छ”, उनले भनिन् ।

जज शेल्टनले मूलतः आफ्नो टोलीमा आउन परिजितालाई आग्रह गरे । “मेरो टोलीमा तपाईं जस्तो अरू कोही छैन। म एक गायन प्रतियोगिता कार्यक्रममा पनि गएको छु…”, उनले काबेलोलाई हेर्दै भन्छन् ।

“शेल्टन, तिमी धेरै मूर्ख कुराहरू भन्छौ, यो सबैभन्दा मूर्ख हो”, काबेलोले भन्छिन्, “तिमी पनि केटीको समूहमा थियौ र ? धेरै ढिलो भएको छैन शेल्टन ।”

परिजिताले आफ्नो प्रशिक्षक छनोट गर्नुअघि सबै जजका लागि नेपालबाट आएको रुद्राक्षको माला लगाइदिइन् ।

तर परिजिताका बुबाले आफ्नी छोरीको मनपर्ने संगीत जनरा आरएन्डबी भएकाले ब्लेक शेल्टनलाई छनोट गर्न लबिङ गरिरहनुभएको थियो ।