९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त



अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त हुनुभएको छ । २०७८ साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको निर्यणअनुसार रेग्मी नायव प्रमुख कार्यकारी अधिकृतमा भाद्र १ गतेदेखि लागू हुनेगरी बढुवा हुनुभएको हो । 

करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गर्नुभएको थियो । 

रेग्मीले अहिले ग्लोबल आइएमई बैंकको कर्जातर्फ साना तथा मझौला÷खुद्रा कर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको समेत सुपरिवेक्षण गर्नुहुन्छ । 

रेग्मीले वेलायतको युनिभर्सिटि अफ वेल्सबाट सन् २००१ मा एमबीए गर्नुभएको छ ।
बैंकिङ्ग क्षेत्रसँग सम्बन्धी दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरु लिनुभएका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा अब्बल मानिनुहुन्छ ।