२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सल्यानको कपुरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु



Symbolic Picture
अ+ अ-

काठमाडौं ।सल्यानमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिकाको सिनवाङतर्फ आउँदै गरेको रा१ज ५६३ नंको जिप कपुरकोट गाउँपालिका–३ मुलपानीमा गए राति २ बजे दुर्घटना भएको हो ।

आठै जनाको घटनास्थलमै मृत्यु भएको सल्यानका प्रहरी नायब उपरीक्षक दामोदार केसीले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा जिप चालक कपुरकोट–६ का २१ वर्षीय जीतबहादुर बोहोरा, सोही ठाउँका ४० वर्षीय टोपबहादुर वली, उहाँका छोरा ११ वर्षीय वसन्त वली, ३७ वर्षीय धर्म वली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र कपुरकोट–५ का ५३ वर्षीय ललित वली रहेका छन् । बाँकेको ढकेरीबाट बिहेभोज खाएर फर्कंदै गरेका जन्ती बोकेको गाडी दुर्घटनामा परेको हो । जिपमा आठ पुरुष र एक महिला सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना परी घाइते कपुरकोट–६ जलवाङका ३५ वर्षीय तिलक वलीको तुलसीपुरमा उपचार भइरहेको छ । जिप अनियन्त्रित भएर सडकबाट एक सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि सल्यान अस्पताल लगिएको छ । दुर्घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।