२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचाररत निवर्तमान मन्त्री आलेले बेडबाटै दिए मुटुरोगीलाई सहयोग



अ+ अ-

काठमाडौँ । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लामो समयदेखि मुटुरोगको समस्याबाट पीडित बन्नु भएकी डोटीको आर्दश गाउँपालिका–५ बस्ने गोरे सिलालकी ७ वर्षीया छोरी पवित्रा सिलालको उपचारका लागि आज आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।

डेङ्गी तथा निमोनिया रोगले आफै काठमाडौँको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा आफ्नो उपचार गराइ रहनुभएका निर्वतमान मन्त्री आलेले मुटुरोग पीडित निज बालिका तथा उहाँका आफन्तलाई अस्पतालमै बोलाएर आर्थिक सहयोग प्रदान गर्नु भएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभएको हो ।

बिसं २०७८ सालदेखि मुटुरोगले पीडित बनेकी निज बालिकाको उपचारमा समस्या भएको जानकारी पाएपछि निर्वतमान मन्त्री आलेले केही महिना पहिले रु १५ हजार तथा आज रु २० हजार गरी कुल रु ३५ हजार आर्थिक सहयोग प्रदान गर्नु भएको मुटुरोग पीडित बालिकाका बुवा गोरे सिलालले बताउनुभयो । उहाँले भन्नुभयो, “मुटुरोगको समस्याले छोरीको उपचारमा समस्या भएको थियो, पूर्व मन्त्री ज्यूले हामीलाई उपचारका लागि आर्थिक सहयोग गर्नु भएको छ, हामी सरै खुशी छौँ, उक्त सहयोगले मेरो छोरीको उपचारका केही हद सम्म भएपनि सहज हुने छ ।”

आफु विरामी भएर अस्पताल भर्ना भएपनि छोरीको उपचारका लागि आर्थिक सहयोग गरेकोमा खुशी जनाउँदै गोरे सिलालले सामाजिक सञ्जाल मार्फत पूर्व मन्त्री आलेलाई धन्यवाद समेत व्यक्त गरेका छन् । निर्वतमान मन्त्री आलेले डोटी सहित समग्र सुदूरपश्चिमका नागरिकहरु विरामी पर्दा आर्थिक सहयोग दिँदै आउनु भएकाले त्यहाँका नागरिकहरु विरामी पर्दा पूर्वमन्त्री आलेकै घरमा धाउने गरेका छन् ।