२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

आकासियो अमेरिकी डलरको भाउ, बजारमा कस्तो पर्ला प्रभाव



अ+ अ-

काठमाडौँ । एक अमेरिकी डलरको खरिदका लागि आज एक सय ३० रुपैयाँ ३० पैसा तिर्नुपर्छ । यस्तै बिक्री दर एक सय ३० रुपैयाँ ९० पैसा तोकिएको छ । यो हालसम्मकै बढी हो ।

लगातार उकालो लाग्दै अमेरिकी डलरको भाउ नयाँ बिन्दुमा पुग्दा त्यसबाट अर्थतन्त्रका समग्र क्षेत्रमा प्रभाव पर्न जान्छ । आयातमुखी अर्थतन्त्र भएको नेपालमा डलरको मूल्य बढ्दा त्यसले महँगी बढाउने र जनजीवन प्रभावित पार्ने छ । नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ खस्किँदा त्यसको प्रभाव नेपाली रुपैयाँमा पनि परेको हो ।

रसिया र युक्रेन युद्धका कारण संसारभरकै अर्थतन्त्रमा चाप परेको तथा अमेरिकाको फेडरल रिजर्भले अगाडि सारेको नीतिका कारण पनि विश्वरभर नै डलर बलियो बन्दै गएको छ । अर्थशास्त्री डा चन्द्रमणि अधिकारीका अनुसार अमेरिकी डलरको मूल्यमा भएको लगातारको वृद्धिले मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेछ ।

नेपाल आयातमुखी अर्थतन्त्रमा आधारित देश भएकाले पनि डलरको मूल्य बढ्दा त्यसले माल वस्तुको आयातमा बढी मूल्य तिर्नुपर्ने अवस्थाको सिर्जना गरिदिएको छ । निर्यातको मात्रा ३० प्रतिशत भन्दा माथि रहेको भए डलरको मूल्य बढ्दा त्यसले सकारात्मक प्रभाव पार्ने भए पनि नेपालको अवस्था त्यस्तो नभएकाले समस्या नै उत्पन्न गर्ने डा अधिकारीको भनाइ छ । उहाँले विप्रेषण आप्रवाहमा केही सकारात्मक प्रभाव पर्ने भए पनि पेट्रोलियम पदार्थको आयातका लागि गर्नुपर्ने खर्च तथा विभिन्न आयोजनाका लागि आयात गर्नुपर्ने उपकरण, परामर्शदातालाई तिर्नुपर्ने रकम तथा अन्य माल वस्तुको खरिदमा बढी पैसा भुक्तानी गर्नुपर्ने भएकाले डलरको मूल्यमा हुने वृद्धिले समस्या पार्न सक्ने बताउनुभयो ।

अमेरिकी डलरको मूल्यवृद्धि हुँदा विदेशबाट आउने विप्रेषण आप्रवाहमा केही सकारात्मक प्रभाव पर्न सक्छ । चाडपर्वको समयमा बढी विप्रेषण भित्रने गर्छ । तर, विप्रेषण बढी भित्रिएपनि तीनका परिवारले विदेशबाट नै आयात गरिएका माल वस्तुको खरिद गर्दा देशभित्र पैसा रहने अवस्था भने कम नै हुने उहाँको भनाइ छ । पर्यटक बढी आएको भए डलरको मूल्यवृद्धिले सकारात्मक नै प्रभाव पार्ने थियो भन्नुहुन्छ डा अधिकारी ।

नेपाली मुद्रा सस्तो हुँदा डलर खर्च गर्ने पर्यटकलाई यहाँ आउन खर्चको हिसाबले थप प्रोत्साहन मिल्ने र नेपालको अर्थतन्त्रको उन्नयनमा साथ मिल्ने थियो । डलरको मूल्य बढ्ने वित्तिकै विदेशी मुद्रा खर्च गरेर गरिने आयातको मूल्य स्वतः बढ्न जान्छ । व्यापार घाटा बढ्दै जाँदा चालू तथा शोधान्तरमासमेत प्रभाव पर्न जाने डा अधिकारीको भनाइ छ । यसबाट मुलुकभित्र रहेको विदेशी मुद्राको भण्डारणमासमेत चाप पर्न जान्छ ।
डलरको मूल्यमा वृद्धि हुँदा बजारमा महँगीको मात्रामा वृद्धि हुन जान्छ । पेट्रोलियम पदार्थदेखि खाद्यान्नसम्मको आयात हुने हुँदा त्यसको प्रभाव बजारमा पर्न जान्छ । विदेशमा अध्ययन गर्न गएका विद्यार्थीलाई नकारात्मक प्रभाव पर्न जान्छ ।

नेपालले विदेशी दातृ निकायसँग लिएको ऋणको परिमाण पनि डलरको मूल्यवृद्धिले थप बढोत्तरी हुन जान्छ । विदेशी ऋणको सावाँ र ब्याज भुक्तानीका लागि सरकारले तय गरेको वित्तीय व्यवस्थामा यसको प्रभाव पर्न जान्छ र रकमको अभाव हुन जान्छ । नेपाली मुद्रा र भारतीय मुद्राका बीचमा स्थिर विनिमय दर भएकाले भारतमा हुने मूल्वृद्धिको चाप नेपालमा पर्न जान्छ । किनकी, नेपालको सबैभन्दा बढी व्यापार भारतसँग नै हुने गरेको छ । चालू आवको पहिलो महिनामा नै बिन्दुगत उपभोक्ता मुद्रास्फीति आठ दशमलब २६ प्रतिशत छ ।

वैदेशिकतर्फ चालू आवको पहिलो महिनामा कूल वस्तु निर्यात २८ दशमबल सात प्रतिशतले कमी आई रु १४ अर्ब ८१ करोड कायम छ । सो महिनामा रु एक खर्ब ३१ अर्ब २९ करोड बराबरको वस्तु आयात भएको छ । सो महिनामा कूल व्यापार घाटा रु एक खर्ब १६ अर्ब ४८ करोड बराबरे छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार देशभित्र कूल विदेशी सञ्चिती नौ अर्ब ४२ करोड अमेरिकी डलर छ । चालू खातातर्फ रु १६ अर्ब २६ करोडले घाटा छ । शोधनान्तर स्थिति रु २२ अर्ब ६३ करोडले घाटामा छ ।