१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर

पुण्यको काममै भ्रष्टाचार !

पुण्यको काममै भ्रष्टाचार !
अ अ+ अ-

काठमाडौं । वातावरण संरक्षण गर्ने र हरियाली प्रवद्र्धन गर्ने लक्ष्यका साथ वृक्षरोपण गरिन्छ । यसलाई पुण्यको कामका रूपमा लिइन्छ तर, यही कामलाई नै कमाइ खाने भाँडो बनाइन्छ र भ्रष्टाचार गरिन्छ भने त्योभन्दा ठूलो अपराध के होला ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दाको आरोपीले वृक्षरोपण गर्न विनियोजन गरिएको रकममा भ्रष्टाचार गरेको पाइएको छ । जिल्ला वन कार्यालय सिमरा, बाराका सहायक वन अधिकृत विन्देश्वर पटेलले वृक्षरोपण गर्न विनियोजित रकम बिरुवासमेत रोपण नगरी रकम हिनामिना गरेको पाइएको छ ।

आर्थिक वर्ष २०७३÷७४ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सिम्रौनगढ नगरपालिका उचिडिहमा वृक्षरोपणका लागि रु तीन लाख ६० हजार बराबरको रकम हिनामिना गरेको पाइएको छ ।

आयोगका अनुसार गैरकानूनी काममा जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरे, सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेल र सहलेखापाल जनकराज जोशीले भ्रष्टाचार गरेको पाइएको आयोगको आरोप छ । आयोगले बिगोबमोजिमको माग दाबी गर्दै वन कार्यालयका कर्मचारी र जागरण विकास केन्द्र नेपाल, सिम्रौनगढ–११ का अध्यक्ष मदनप्रसाद जैसवारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिनुभयो ।